जस्तो ?"
"कीचक भन्या बुझिनौ, बाँस । कृष्णजीको मुरलीजस्तो सम्झन । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाको सुवासिनीको नाम बाक्सी विचार गर न । गालीजस्तो । ज्यादा टुना लगाई भनेर सौन्दर्यको पनि त रँग आयो ?"
"के नाम राख्या होलान् छिः ? …. नेप्टी रे, चेप्टी रे, आलु रे, ग्वाङ रे रे, डेब्री रे, ड्यौढी रे, ……. नेपालमा सुवासिनी मान्छेलाई चौपट्ट हेलाँ गर्छन् बा ! कदर गर्ने ता कालो भए पनि देसी मधिसे नै हो कि अङ्ग्रेज ।"
"जी हाँ ? त्यति विधि रिसाएकी ? हार भनूँ त ? आजदेखि ?"
"नाइँ ।"
"के विघ्न बढेकी तिमी ? म च्यान्टी चाहन्थेँ, तिमी अरबी आइलाग्यो ।"
"के गरेर घट्ने होला , खै ?"
"कोलमा हाल्नुपर्यो ….. हुन्न ?"
दुवै जना मुसुमुसु हाँस्न लागे । लवजको मिठो कुतकुती बैँसमा रमाइलो हुन्छ ।
"मलाई सुवासिनी निषेध छ के गर्ने ? ….. चम्पा ।"
"केही पनि नगर्ने ।" ………
"अङ्ग्रेजी युवक, युवति अभ्यर्थना गर्छन् । जीवनको वसन्ती समयमा । मिठो सुगन्धको मुसुमुसु हुन्छ । मजाको होइन ? … के मैले तिमीलाई कहिल्यै कानेखुसी गरेँ कि तिमी जूनभन्दा राम्री छौ ?"
"पर्दैन ब्यारे । म त राम्री छैन ।"
"पत्याउँछ दुनियाँ ? वाह ? ….. भोटेनी पालिस लाए मात्र, नराम्रो हुन ता ! नेपाली मन्त्रीले मेरो पावर छैन भन्याजस्तो ! फटाही !"
"उस…. कति राम्रा चिज देखिसक्या आँखाले ?"
"म ? ….. ए डेस्डेमोना ! …. तिमीले ता बितायौ बा ? …. म ? मन-जोगी ? आजकल पो जपमाला छोडेँ ।"
"माफ पाऊँ न ! हाँले के भन्या छ र त्यस्तो नराम्रो !"
"ए बिजुली म त तिम्रो नाम बिजुक्ती राख्छु आजदेखि हुन्छ ?"
"हवस् … इच्छा ……."