Jump to content

Page:Sunko bihani.pdf/16

From Nepali Proofreaders
Revision as of 18:47, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{center block| <poem> डराएको मूसा थरथर गरी काँप्दछ अनि "प्रभो, माफी पाउँ अलिकति त लाग्नेछु म पनि ।" ::"कुनै मौका पर्दा यस जगतमा काम प्रभुको" ::कुरा सुन्दा यस्तो हहहह गरी भार हलुको ॥ लिई पंजामा त्यो ह...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

डराएको मूसा थरथर गरी काँप्दछ अनि
"प्रभो, माफी पाउँ अलिकति त लाग्नेछु म पनि ।"

"कुनै मौका पर्दा यस जगतमा काम प्रभुको"
कुरा सुन्दा यस्तो हहहह गरी भार हलुको ॥

लिई पंजामा त्यो हहहह गरी भन्छ "भुसुना
तँ कामै लाग्छस् के कुन दिन कसोरी र मकन ।"

भनी हाँसी "जा जा  ! अब तँकन त मारुँ यस दिन
गयो जातै मेरो सब" यति भनी छोड्छ उकन ॥

पर्यो पासा उल्टो करम गतिको एकदिन र
पर्यो पाशो आफैं कति न म छु भन्ने वनतिर ।

बडो गर्ज्यो तान्यो झटपट गर्यो व्यर्थसँग त्यो
बिकम्बा भो सारा बल, तमक, शेखी सकल त्यो ॥

सुनो आयो मूसा मुसुमुसु मुसे दाँतहरूले
यसो हाँसी जम्दै मकन नपत्याइ अरूले ।

त्यसै हेलाँ गर्थे तर जिउन बक्सी हजुरले
म छुट्कारा गर्ने प्रभुकन भएँ आज अहिले ॥