एउटी चरीको चिरीबिरी
म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको स्पर्शले आनन्द मानेर बसेँ । नजीकमा खोला कलकल गर्दै चल्दथ्यो !
भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड्नु त्यस बेलाको तयारी हो जुन बेला हामी ठाउँ रोजेर थकाइ मार्दछौं । कामका निमित्त इनाम जत्तिको मीठो हुन्छ, हिंडाइपछिको आराम उत्तिकै आनन्ददायी हुन्छ । त्यहाँ ढुङ्गामा बस्नु मलाई कामको दिनपछिको आरामी डस्नामा लेट्नु थियो, जहाँ विपना हावा हुँदै जान्छ र सपना खँदिलो हुँदै जान्छ । नखलिस्तानको मोहनी त्यहाँ बुझिन्थ्यो । त्यहाँ गाइनेको गीतबाट मोहनी निक्लेर हावामा घुस्तथ्यो । त्यहाँ मैले बुभ्न थालें- जल किन कलकलाउँछ ? किन पृथ्वी हरियो हुन्छ ? र मैले त्यहाँ त्यो आनन्द अनुभव गर्न लागेँ- जसलाई भाषा हुँदो रहेनछ ।
दृश्यमा केही विशेषता छैन । वरिपरि पहाडहरू उठेका छन्- कतै हरिया, कतै साङ्ग्रा, कतै बाक्ला वनले ढाकिएका । मनेरको रूखमा एउटा चरा मीठोसँग बोल्दछ ।
संसारमा अरू चीज त्यत्तिको मीठो बोल्दैनन्, जत्तिको त्यो भुवादार फुरफुरिलो चीज बोल्दछ, जसलाई हामी चरा भन्दछौँ । बुझिने भाषा मानेदार सीमा नाघ्न सक्तैनन्; नअर्थिने शब्दहरूको माधुर्य प्रकाशन होइनसक्नासाध भावको देशबाट निक्लन्छ । नुभ्नेलाई आखिरमा निरर्थक केही छैन । यो दुनियाँमा ईश्वरको जादूगरी मतलब नलिई बोल्दैन । हामी सधैँ ईश्वरसँग हिंडेका हुँदैनौं । बराबर हृदयले दिएको ध्वनि पाउँछ र फुल्दछ, भित्र अर्थ जस्ता तर आग्रहर्य सूचनाहरू आउँछन्; बुझिएला-बुझिएला भनेजस्तो लाग्दछ तर बुभ्नाको र बुझाउनाको पार भाव बन्दछन्, सूचना बन्दछन्, बिलाउँछन् । जब मैले त्यस चराको शब्द सुनें मैले बुझें- चराहरूलाई किन भाषा दिइएको थियो । मेरो