Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/75

From Nepali Proofreaders
Revision as of 14:54, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''नैतिक-दृष्टान्त'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} बडाले जो गर्यो काम हुन्छ त्यो सर्व-सम्मत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ॥ {{pcn|(२)}} गरदैन ठुलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन । बसेको छ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
नैतिक-दृष्टान्त

(१)
बडाले जो गर्यो काम हुन्छ त्यो सर्व-सम्मत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ॥

(२)
गरदैन ठुलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमा-बद्ध बनीकन ॥

(३)
दबिन्छ गुणिको दोष गुणको राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ॥

(४)
कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ॥

(५)
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ ॥

(६)
ज्यादा सोझो हुनूभन्दा टेढिनु छ फलाऽऽधिक ।
गरिँदैन कुनै सोझो ग्रहको पूजनाऽऽदिक ॥