पनि ठग भनेर गाली गर्ने घरमा ! यहीं मर्छु भनेको त हो नि । काल पनि आउन्न " बस ! विदा मिल्यो । हिँड् खुट्टा ! अहिले सुस्त, अनि कुनामा मोडिएपछि खुशीको उफरपाफरमा !
यही रीतले आत्मा एक चीज चाहन्छ, शिक्षा अर्को चीज दिइरहेछ । आत्मा भन्छ 'चङ्गा !' इस्कुल भन्छ 'ढुङ्गा' । एउटा केटाकेटीले आफैं टुडिखेलमा बसेर लुमडी जान दुई बगल हिंड्नुभन्दा तेर्सा जान पाए धेरै हुने थियो भन्ने विचार गर्न लागेको थियो । तर घण्टी बज्छ, कराल चेहरा भएको चश्मादार उड्वा मास्टर बेतको छडी लिएर क्लासमा पसे । “लौ भन् ! हल र स्टीभन्सन साहबको एघारौं थियोरेम्”, कण्ठस्थ लप्टन जाँचकले सिपाहीको पाठ बुझेझौं । बस ! कपाल कन्याउन लाग्यो, कपाल कन्याइले आएको कुरा कुइ्रो भयो, 'क ख' र 'ग क' दुईटै भन्दा 'ख ग' ठूलो छ भन्ने प्रमाणित गर्नुपत्यो ! “वा: खूब धक्कू लगाउँधिस् त !” “गोबरको मगजमा उम्रिएका यी क्या हुन् ?” तलास खलबलियो । “अरू ! भन् अरू गधा” गधाले रेखागणित प्राकृत तवरले बुभ्थ्यो त्यो लुमडी जाने बाटोमा तर यो अप्राकृतिक तवरमा मानिस गधामनितिर ओर्ल्यो मगञ्जै चलेन ! “यो जस्तो बोधो गधा मैले देखिनँ । थाप् हात !” उत्तेजना पाउँदी कल्पना तत्त्वान्वेषिणी बनेर प्राकत जीवनमा नव-नव प्राप्ति गर्दै संसारको मोहनी अनुभव गर्न चाहन्थ्यो तर त्यो आठ पहर पढाउने खुला विश्वविद्यालयबाट बञ्चित भएर प्राकृत सिद्धान्त र तत्त्वलाई नासमभझसँग जोडेको र जबर्जस्तीले रङाएको, बेतदार अन्शासनद्वारा मगजका मोहनीले चुम्बकिदा गिर्खाहरूलाई बङ्ग्याएर उह्दी मास्टरजीको “विद्या भनेको मेचमा बस्न पाउनु हो” भन्ने स्वाङ बढाउने क्रियामा नआई रेखागणितका निमित्त बिचरो सम्वरद्धनशील बाल्यमस्तिष्क लाचार रहन्छ।
हामी खाना दिन जान्दैनौं । दिने तवर पनि ठीक किसिमको छैन । इस्कुलको नास्तिकताले पचास या सय मनुष्यमा एउटै आत्मा हुन्छ भन्दछ । व्यक्तित्वको अभिरुचिअनुसार पोषण छैन । आर्यसंस्कार दिनु आधुनिक शिक्षकको वृत्ति छ । हामी उल्था गर्छौं; विदेशलाई श्रेष्ठता दिन्छौं । शिक्षित नेपालीले आफ्नो घर कहिल्यै पनि बुभ्दैन । नेपाली भाषामा लेखिएका उही चीज नराम्रा हुन्छन्, या तिनमा हृदयस्पर्शिता रहँदैन, अंग्रेजीमा उल्था गरे तिनै चीज दिलदार हुन्छन् ।अंग्रेजी शब्दकोषका