Jump to content

Page:Laxmi nibandhasangraha.pdf/173

From Nepali Proofreaders
This page has not been proofread

भन्दा धेरै जना हाँस्तछन्‌ । तर तिनलाई सिर्जना नदिनु हाम्रो सुख [ख्य ध्येय हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरू हराएर जान्छन्‌ । तिनीहरूको बाहुल्यले भन्दछ-भानिस अधोविकसित छ र नशातिर बढिरहेछ । तिनीहरू जरूर हराउँछन्‌, मलाई विश्वास लाग्छ, जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ । जीवहरूले स्वभाव फेर्दछन्‌ । के विकासमा यस्तो सम्भावना छैन ? बाघहरू हराउँछन्‌, मृगहरू बढ्दछन्‌ ।

तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होङ । मानव- मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन होइन । विलयको हँसिलो ही र रङ्गीचङ्गी चाचाहरू क्षणिक सिंगार हुन्‌ र मिथ्याबाट आउँछन्‌, तिनीहरू हिंसासँग सम्बन्ध राख्तछन्‌ । वीरको आत्मालाई पनि कहिले-कहिले रुन मनलाग्दो हो ।

लोभ, काम, क्रोध, ईर्ष्याहरू सब हिंसा हुन्‌ । म मान्छे अरू मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरू. पशुहरूका निमित्त समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू, नसम्झे मासु चढाइदिनू, जस्तो कोही-कोही साधुको कहानी छ ।

तब्र मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर। दुनियाँमा क्रुरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनधिकार श्वास खिचिएला र तिमीमा आत्मग्लानि होला ।