Jump to content

Page:Laxmi nibandhasangraha.pdf/12

From Nepali Proofreaders
Revision as of 21:37, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही उल्था गरेधें । जस्तो साहित्यको प्राथमिक अवस्थामा गरिन्छ । तर 'प्रसिद्ध प्रबन्धहरू" पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही उल्था गरेधें । जस्तो साहित्यको प्राथमिक अवस्थामा गरिन्छ । तर 'प्रसिद्ध प्रबन्धहरू" पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो लवज

तौलने चिच्याटमा र विदेशी वक्रतामा उठेर आउँछन्‌ । अब म

धेरै

पंखफुका छु । मलाई कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी

लगाउँदैनन्‌ । म अर्काको भनाइ र शैलीमा नत्थिन्नँ । म सागरपारिका जटिल लवजका छायाभेद तौलेर गञुँकाउन्नँ । अब मेरो आफ्नै माकुराजाले

मगज छ । जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाक

आफ्नै यात्रामा ।

काम पनि क्या मजाकोर क्या मिल्दो । लहडदासलाई तरंगभन्दा

मजा दिने के होला दुनियाँमा ! बस ! गफ गर । अरूले नसुनून्‌ एक्लै

छौ, साथी भए कुरा काटने थियो, यहाँ त एक अदृश्य पाठक छ, जो सधैँ सुनिदिन्छ, जो चाख लिन्छ, जो 'हाँ' मा हाँ गर्दछ, 'होइन' मा होइन । म

यता पल्टाउँछु र उता, न बहस न बहसको बाजे ।न न्यायका रौं चिर्ने

भेदहरू, न नियमको चौखुन्याहट, न शैलीको बाँध ।

म भन्छु 'ए मन, तँ रंगिइजा:-रूपौला लहर झल्काई सिलिङ

मिलिङ गरेर सलसली नालाहरू वनमा नागबेली पर्दै पहाडका सजिला

फेद कुना खोज्दै समुद्वतिर चलमलाउँछन्‌ । सोझै सागर पुग्ने काम

तँलाई छैन, तँ त खेल्न आएको पो ! जीवन भनेको नै लहराउनु,

तरंगिनु, चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने

तँलाई कोही छैन, तँ जा तरंगिई, लहडको लहरीमा, आफूखुशीको आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ, न गर्नु छ शास्त्रार्थ;

कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे;

केही जीवनको गुनगुने रहस्यफझल्का झल्काइदे । एकान्तलाई मीठो पार्‌ र अगाडि बढ्‌, कतै निर्झरको हाम्फाल्नुले, कतै पतलिएको कलकलले । अहा ! के लहडतरगले जीवनको सच्चा मुटु छुँदैन र ?

धेरै जना भन्नेछन्‌, 'यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रक

हो ?' तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यंग्यसहितको

मुस्कुराहट साथमा भन्दछ, 'महाशय ! या पण्डितजी, म त हाँस्न, खेल्न

र रमाउन मात्र जन्मेको, म एउटा ठटयौलो रसिलो साथी हुँ । तपाईँको शास्त्र, गउहंगो मगज भारी झोक्रचाइ र रौं-चिर्ने बहससँग मेरो गोरु श्री गणेशाय नस:/३