बीचमा बसेको कल्पना गर्न सक्नुहुन्छ । विचारशून्य क्षणमा आफ्ना
सहवासी लेखकहरूका चेहराहरूको अध्ययन गर्दै वा नीलो पहाडी पर्खालले
परिवेष्टित पूर्वपट्टिको दृश्य हेर्दै, बीचबीचमा घोप्टिदै लेख्दै गरिरहेको भावना चित्रण गर्न सक्नुहुन्छ । म भन्न सक्तिनँ कि म कहाँ काम गरिरहेछु र केकाम?नयो साहित्यको यन्त्रालय हो न यो नेपाल-संसारको नवजागरणको उद्बोधन विभाग । तर यहाँ मलाई कर छैन; दबावट छैन; स्बेच्छाको सजिलो पखेटा फिजारिन्छ, यन्त्रवृत्तिको कार्य छैन; म यहाँ बसीबसी सारा संसारको भ्रमण गर्न सक्तछु । यो अफिस, अफिस होइन; यो मेरो लेख्ने कोठा हो । नेपाल सरकारको मगजकारखाना हो । यही घण्टाघरले शासन गरेको “स्थापित १९१८' अङ््ति त्रिचन्द्र कलेजको कार्यालयभित्र नेपालका प्रमुख मगजहरूको तालीम, पोषण र
तयारी भइरहेको छ । यहीँ जवानीका सपनाहरू उम्लिरहेछन्, यहीँ
आघुनिकताले केन्द्र बनाइरहेछ, यहीँ नवीन उन्नतिको छामछाम छुमछुम
छ, यहीं दाढीवाल विद्दत्ता ती प्राचीन र अर्वाचीन महाविचारीहरूका भाव-उपदेश दोहत्याइरहेछन्, बुझाइरहेछन् । यसैमा प्राचीन सभ्यताको
भण्डाररूप पुस्तकालय पनि छ, यहीँ आधुनिकताका सामग्रीहरू पनि
रहेका छन् ।
हामी भन्न सक्तैनौं- यो फैलिंदो फुल्दो आँग्लभाषाविद्यालयले
नेपाल संसारलाई कति हित गरिरहेछ, खालि हामीहरूलाई आर्यसभ्यता
र आर्यसंस्कारबाट वञ्चित गराउन -र पश्प्वमेका छोटी कोट लाएको,
पुतलीजुँघे उल्था बनाउनको मात्र तालीम दिइरहेछ । यस विषयमा भविष्यका समालोचना मात्र काम देलान् ।
तर हामी नेपालीलाई अंग्रेजीमा उल्था गर्ने कोशिशमा छौं, जस्तो
यहाँका अध्यापकहरू नेपालीलाई अंग्रेजीमा उल्या गर्ने उद्योगमा रहन्छन् ।
हामी जबसम्म दाढीवाल अध्यापकहरूका व्याख्यानमा थियौं, तबसम्म
खालि पश्च्विमका यात्री, लन्डनका गल्ली र मिजाजका जिज्ञासु थियौं । अब हामी त्यस ज्ञानलाई भारतवर्षमा ल्याएर हिमालयको काखमा मातृभाषा
र मातृभूमिको भविष्य-सपना देख्न लागेका छौं । यहाँ दोतर्फी व्यापार
छ, एउटा अंग्रेजी हासिल गर्ने, अर्को अंग्रेजीबाट नेपाली सिंगार्ने र पोस्ने । २८लक्ष्मी निबन्ध-संग्रह