Jump to content

Page:Shakuntala.pdf/282

From Nepali Proofreaders
This page has not been proofread

गम्भीरा गौतमी छन्‌ क्चनहरु गमी बोल्न खोज्दी अगाडि ।
सानी छन्‌ छाउरी झै कसुमनिकरकी ती उज्याली पछाडि ॥
रङ्गीलो दिव्य राम्रा मगमग कसुमी कोठरीका वसन्ती ।
नाघी सङ्घघार आधा चकित हृदय ती देख्दछिन्‌ वैजयन्ती ॥
(४७)

केटी छन्‌ अप्सरा झैं सुमधुरवसना ठाँटिएकी करङ्गी ।
प्याला रङ्गीन ता सि कर धनी सुस्त बोल्ने विहङ्गरी ।
रङ्गी चड्डी छ भित्ता कृसुमित लहरा हिल्दछन्‌ झै उज्याला ।
राजा छन्‌ शोच गर्दा मलिनमुख त्यहाँ बिर्सिएतुल्य केही ॥
(४८)

मुस्केलान्‌ झै अधर मृदु छन्‌ नेत्र सन्देशवाला ।
होलिन्‌ जस्ती मधुरवदनी प्राकृत प्रेमसाथ ॥
चम्केलान्‌ ती विपुल दृगले सौख्य पाएर हेरी ।
भन्दी आशा हरित अडिँदी द्वारमा छन्‌ खडा ती ॥
(४९)

"को हौ के हो कहाँका कन खबर लिई आउँछौँ भन्नु के छ ?"
भन्ने आज्ञा सुनेकी अझ अपरिचिता छक्क भै हेर्न थालिन्‌ ॥
राजाको चेहरामा अलिकति गहिरो देख्दछिन्‌ ती विषाद ।
शोचेमा छन्‌ डुबेका अझ नृपति भनी मेद्दछिन्‌ क्यै फसाद ॥
(५०)

केही सर्दी अगाडि प्रबलयश महाभूपका नेत्रलाई ।
आएचर्षैले म ल्यूँला चकित झलकमा चट्ट पारी चिनाई ॥
"ओहो " भन्लान्‌ मलाई किन यति मनमा चट्ट राखी विचार ।
सामन्नेतुल्य सोझो वदन दिन रहिन्‌ नेत्र तीखा लगाई ॥
(५१)

"को हुन्‌ यी सुन्दरी नि" न्‌ृपमणि अन ती सोढ्धछन्‌ गौतमीमा ।
दोटै बोल्नै नसक्ने अपरिचित कुनै मूर्ति जस्ता बनाई ॥
छायो चाँडै अँध्यारो हृदय डर पस्यो मञ्जूलाको समस्त ।
स्वप्ना मीठो गुमै झै तर अचल रहिन्‌ फेरि खामोससाथ ॥
(५२)