Jump to content

Page:Luni.pdf/43

From Nepali Proofreaders
Revision as of 12:53, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

नागको मणि राखेर
अँध्यारोलाई हर्दछन्‌ ।
हजार लामा राजा झैँ
पयरतिर पर्दछन्‌ ॥

(१२)
बज्दछ फिन म्रिनतारे ।
कोयलकण्डी गानामा ।
चीनिया रेशम लाएका
ह्लांसा बुलबुल तानामा ॥
हरिन छाउरे पयरलाई
हावामा फूल छुँ फेकेर ।
नाच्छन्‌ केटी रेशममा.
मखमलमाथि टेकेर ।
गुलाफ अत्तर छर्कन्छन्‌ ।
साँझ सबेरी खानामा ।
हज्जार नोकर तम्सन्छन्‌
एक इशारा लानामा !

(१३)
अनार सर्बत बुलबुलबुल
सुनका प्याला कल्कन्छन्‌ ।
अत्तर म्ररका बास्नाले
बैँसका अधर बल्कन्छन्‌ ।