This page has not been proofread
(१२)
हिमको वनमा शुद्ध पवनमा
सानू गद्गद भैकन मनमा
प्रकृति निरन्तर चहचह गर्छे
कृत्रिम जुगतिर आँखा तर्छे
(१३)
शिरको शोभा त्यसमा बेस
मृदुल पैतला-तुल्य मधेश
मेरुदण्ड झैँ बिचको खण्ड
दिन्छ दुवैतिर जोड अखण्ड
(१४)
अहिल्यै हिमगिरिबाट छुटेका
खण्डखण्ड भै टम्म जुटेका
उपपर्वतमा जीवन धारी
लाखन झुप्रे गाम तयारी
(१५)
तिनमा रहने धेरै जाति
किन्तु काममा एकै छाती
धान, मकै, जौ, गहुँ, भटमास-
प्राकृत सबको खेती खास