This page has not been proofread
(४)
सर्प बराबर कुटिलाऽऽकार
विविध नदीका उज्ज्वल हार
देख्दा यसको वक्षस्थलमा
खुशिको नचरी लाग्दछ दिलमा
(५)
पर्वत-माला पत्रै पत्र
परी जमेका प्रबल पवित्र
हिमगिरि-तटको देश छ हाम्रो
सबको प्यारो सबको राम्रो
(६)
शीतल हिमको स्वच्छ निथार
बग्दा लिइकन लाखन धार
जो जति छाँगा, छहरा पर्छन्
तिनले अद्भुत सुषमा भर्छन्
(७)
खहरे, खोल्चा, डन्डुर छहरा
काला चुचुरे लेक र पहरा
प्रकृति-विनिर्मित शिल्प अनेक
देख्दा दिलमा लाग्छ उदेक