This page has not been proofread
(१६४)
देख्छ दशा हजुरको पनि यो विचित्र ।
भैगो सबै हृदय यो पनि छिद्र छिद्रा ॥
हेरौँ दशा कसरि निष्ठरर दैव, ऐले ।
यै निम्ति बाँचनु असल् अब छैन मैले ॥
(१६५)
यस्तो विलाप् गरि दुवै जन मर्न लाई ।
पक्का गरी कन तयार चिता गराइँ ॥
हे पृथ्वि! अन्तिम बिदा तिमि आज देङ ।
जो जो कसूर हुनगये सब माफ देउ ॥
(१६६)
यति भनेर रुँदै ति दुवै तहाँ ।
मृतक पुत्र सुताइ चिता महाँ ॥
सँग जलौं अब हामि भनी कन ।
जलन निश्चय सूर गरी कना ॥
(१६७)
जननि । हे जगदम्बा शिवे! भनी ।
भगवती कन संझि लिये अनी ॥
जब यसो गरि ध्यान गरी लिए ।
सकल देव अगाडि खाडा भए ॥