Jump to content

Page:Satya harihschandra katha.pdf/17

From Nepali Proofreaders
Revision as of 11:13, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(५२)}} योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी । राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन्‌ अनी ॥ सोधे सत्य दया लिएर मनमा को हौनिहे सुन्दरि । कस्ले द:खदियो र यो वनमह...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(५२)
योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी ।
राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन्‌ अनी ॥
सोधे सत्य दया लिएर मनमा को हौनिहे सुन्दरि ।
कस्ले द:खदियो र यो वनमहाँ रुन्छद्यो तिमी यो घरी ॥

(५३)
प्रश्रै यति सुनी सकी नृपर्तिको नारी अगाडी सरी ।
लागी भन्न सबै कुरा क्रषि यहाँ बस्छन्‌ तपस्या गरी ॥
मेरा आश्रमका नजीक तँ नबस्‌ बिग्रन्छ मेरो तपा ।
भन्छन्‌ द: खदिई मलाइ दिनदिन्‌ काहाँ मजाउँ अब ॥

(५४)
राजाले यति बात्‌ सुनेर ति उपर्‌ लागेर ठूलो दया ।
दौडी आश्रममा गएर क्रषिथ्यैँ यो बात भन्दाभया ॥
हे ब्रहान्‌! तप छोड्दिउ अहिले मन्मा भएको जती ।
दिन्छ यो तपले सबै वरिपरी बाधा भयो धेर्‌ अती ॥

(५५)
राजा येति भनी फिरे घरमहाँ पाए निइँ यो पनी ।
ताहीँ कौशिकले गरे छल फिरी अत्यन्त क्रोधी बनी ॥
मायाले गरि एक्‌ बँदेल बलियो ताहाँ बनाई अनी ।
राजाको फुलवारि नाशन भनी जल्दी पठाए पनी ॥