(३२)
आत्मा हो सब प्राणधारिजतिको छोरो भनेको जती ।
हे बाबू ! अहिले गयौ यदि भने हुनेछ तिम्रो खती ॥
पर्छो निश्चय यज्ञमा पशु सरी तस्मात् नजाञ वहाँ ।
भन्दा चित्त बुझ्यो बसे वनमहाँ वर्ष बित्यो एक् तहाँ ॥
(३३)
रोग ग्रस्त भई पिता अति दुखी छन् रे भनेको सुनी ।
लागे जान र इन्द्र गैकन फिरी रोके न जा भनी ॥
राजा आकुल भै वशिष्ठगुरुमा सोधै गरर के भनी ।
यौटा केहि उपाय शोचि मनमा भन्दा भए ती मुनि ॥
(३४)
छोरो ब्राहाणको किनेर महाराज त्यो यज्ञ गर्नू पत्यो ।
छोरैहन्छ किने पछी सुन नृपे ! शास्रोक्तकै बातहो ॥
यस्ता बात सुनी वघिष्ठक्रषिको गर्छु म त्यै काम्भनी ।
तेस्तै ब्राह्मण पुत्र खोज्न भनी दत धेर पठाये पनी ॥
(३५)
दुःखी ब्राह्माण कोहि एक घरमा थीए दरिद्री अती ।
थीए बालक तीन पुत्र उनका आफू दुई दम्पती ॥
सल्लाहा गरि ज्येष्ठ बाबुतिर भो कान्छो उ आमातिरा ।
बेचीनेतिर माहिलो हुन गयो बेची दिए आखिर ॥
(१) (१) अजोगर्त अजीगर्त (२) (२) शुनःशेफ शुनःशेफ (३) (३) शुन'लांगल। शुनःलांगूल ।
Page:Satya harihschandra katha.pdf/12
Appearance
This page has not been proofread
