Jump to content

Page:Champa.pdf/31

From Nepali Proofreaders
Revision as of 23:53, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । पाखुरा जर्किन्थ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । पाखुरा जर्किन्थे ।

तब सासूले मुख फोरिन् । "ए क्या हो ? तेरो चाला आजकल ? के भन्ला ए दुनियाँले पनि ? ……. अवस्था हेरेर पो चल्नुपर्दछ …….. कान्छो टोखामा पुग्या’छ । तँ कस्बी समान ठाँठिएर यसरी बस्ने ? कतिको फा, कति लाली तिमीहरूको ! आँखीभौँको गति हेर । फूलचनले खौर्‍याजस्तो छ ए ?"

चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन्,

"कँठेनीहरूले सभ्य सिँगार देख्या भे पो त कहिल्यै !"

सासू उफ्रिन् । "जान पाउन्नस् बाहिर ….. बस् ! कल्लाई कँठेनी भन्या, ए सहरिया ?"

"छन् नि कोही-कोही यहाँ"- पहिलो नजर पोख्रेलपुत्रीतर्फ दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ ।

"त्यसरी आफूभन्दा जेठा मान्नेलाई बाल्न हुन्छ ? चुप लाग् । कसुर तेरै हो ।"

"लुगा लगाउनु पनि अपराध रहेछ अब !"

"समयले पो हुन्छ सबै कुरा ।"

"आफ्नो समयमा को कम छन् र ह्याँ ?"

"तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस् । अलि ओठ सेला । कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?"

"साग नकेला छैन । कुचो नबढार्‍या छैन । बिछौना तह नला छैन ।"

"अँ ? ……. भर्‍याङ तलमाथि पनि नगर्‍या छैन भन्न ।"

चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् ।

"हेर, रिसाही !" सासूले देखाइन्, "फन्क्या हेरन । पख् । यसको मेख मार्नुपर्‍या छ एकदिन ।"