Jump to content

Page:Shakuntala.pdf/103

From Nepali Proofreaders
Revision as of 07:38, 27 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

न्याय, तौलको झैं तुला बनी ।
युगल हातको तुल्य थालमा ॥
वजन नापिने रौं प्रमाणका ।
यश फिँजाउँछन्‌ न्यायमूर्तिको ॥
(२४)

तुहिनपूत भै पगिलिने त्यसै ।
अति दयालुता शुभ्र शैलको ॥
सलिल नागिनी भै झरेसरि । "
तरल रौप्य झैं भर्दयी तल ॥
पार्न क्षेत्रका वक्ष नै हरा।
विमल भावले अम्धिमा पुगी ॥
स्वर्गमा चढी फेरि वर्लिन ।
(२५)

नित हरा यिनी छन्‌ महीरुह ।
कर हजार छन्‌ दानविस्तृत ॥
अमृतता फली प्यास मेटिने ।
खबर ल्याउँथे देवदूतले ॥
मलयसम्मका वायु चाखका ।
सुरभि कीर्तिको गन्ध पाउँथे ॥
(२६)

जति दुह्यो उती कामधेनु झैं ।
सद्गुणी त्यहीँ पाउँथे सुधा ॥
'शस्य चाहिने काम्धेनुमा ।
भक्ति चाहिने खालि भै यता ॥
(२७)

नीलछत्रका ग्रह जुहार झैँ।
राज्य पाउँदा चन्द्रशीतल ॥
सन प्रजा थिए चम्चमाउँदा ।
सुखप्रकाशले उत्तरोत्तर ॥
(२८)