Jump to content

Page:Laxmi nibandhasangraha.pdf/138

From Nepali Proofreaders
This page has not been proofread

रक्ताणु प्राकृत तवरले लाग्दछन्‌ र भित्रबाट तिनका निषेध नाप्नामा के- के चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछ्ु । म ज्यादा अन्धविश्वासी हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ । मलाई वैज्ञानिक भझिलिमिलीहरू अझसम्म 'पराईका पाप” जस्ता लाग्दैछन्‌ । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो कथाकुङ्मी [ङ्ग्री सुनेपछि पनि मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन थियो । पादरीको व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य जस्तो लाग्दछ, र बालकले औंला समातेभझैं मेरो हृदय आखिर क्रषिकै पछि लाग्दछ ।

म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा गर्नु विवेकको स्वभाव हो र प्राचीन सब क्रा बेभूल सत्य होलान्‌ भन्ने कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ । नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के मानिस ? म उधिन्न पनि चाहन्छु, उघन पनि, उघार्न पनि ! मलाई मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा !

'शान्त सरोवरका उर
किस इच्छासे लहराकर
हो उठता चञ्चल, चञ्चल ?'

-नपन्तजी

शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो, उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ, मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर आडर भरोसा त्यहीँ लिन जान्छ जहाँ क्रषिमुनिहरूका जस्ता भस्मलेपन र धैर्यको शान्त मुहार झैँ भएर सहज श्रेष्ठताले आत्मालाई शासन गर्दछन्‌ ।

किनकि तिनमा साधघुता छ । म शिशु झैं आमा-बाबुलाई लछतै- चुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि आखिर हाँसिदिन्छन्‌ ।