Jump to content

Page:Laxmi nibandhasangraha.pdf/206

From Nepali Proofreaders
Revision as of 23:46, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "एउटी चरीको चिरीबिरी म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको स्पर्शले आनन्द मानेर बसेँ । नजीकमा खोला कलकल गर्दै चल्दथ्यो ! भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

एउटी चरीको चिरीबिरी म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको

स्पर्शले आनन्द मानेर बसेँ । नजीकमा खोला कलकल गर्दै चल्दथ्यो !

भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड्नु त्यस बेलाको तयारी हो जुन बेला हामी ठाउँ रोजेर थकाइ मार्दछौं । कामका निमित्त इनाम जत्तिको मीठो हुन्छ, हिंडाइपछिको आराम उत्तिकै आनन्ददायी हुन्छ । त्यहाँ ढुङ्गामा बस्नु मलाई कामको दिनपछिको आरामी डस्नामा लेट्नु थियो, जहाँ विपना हावा हुँदै जान्छ र सपना खँदिलो हुँदै जान्छ ।

नखलिस्तानको मोहनी त्यहाँ बुझिन्थ्यो । त्यहाँ गाइनेको गीतबाट मोहनी निक्लेर हावामा घुस्तथ्यो । त्यहाँ मैले बुभ्न थालें- जल किन

कलकलाउँछ ? किन पृथ्वी हरियो हुन्छ ? र मैले त्यहाँ त्यो आनन्द

अनुभव गर्न लागेँ- जसलाई भाषा हुँदो रहेनछ ।

दृश्यमा केही विशेषता छैन । वरिपरि पहाडहरू उठेका छन्‌कतै हरिया, कतै साङ्ग्रा, कतै बाक्ला वनले ढाकिएका । मनेरको रूखमा एउटा चरा मीठोसँग बोल्दछ ।

संसारमा अरू चीज त्यत्तिको मीठो बोल्दैनन्‌, जत्तिको त्यो भुवादार

फुरफुरिलो चीज बोल्दछ, जसलाई हामी चरा भन्दछौँ । बुझिने भाषा

मानेदार सीमा नाघ्न सक्तैनन्‌; नअर्थिने शब्दहरूको माधुर्य प्रकाशन होइनसक्नासाध भावको देशबाट निक्लन्छ । नुभ्नेलाई आखिरमा निरर्थक

केही छैन । यो दुनियाँमा ईश्वरको जादूगरी मतलब नलिई बोल्दैन । हामी सधैँ ईश्वरसँग हिंडेका हुँदैनौं । बराबर हृदयले दिएको ध्वनि

पाउँछ र फुल्दछ, भित्र अर्थ जस्ता तर आग्रहर्य सूचनाहरू आउँछन्‌; बुझिएला-बुझिएला भनेजस्तो लाग्दछ तर बुभ्नाको र बुझाउनाको पार भाव बन्दछन्‌, सूचना बन्दछन्‌, बिलाउँछन्‌ । जब मैले त्यस चराको

शब्द सुनें मैले बुझें- चराहरूलाई किन भाषा दिइएको थियो । मेरो एउटी चरीको चिरीबिरी/१९७