Jump to content

Page:Laxmi nibandhasangraha.pdf/204

From Nepali Proofreaders
Revision as of 23:45, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "राज्य गर्दछे । पुरुषहरूलाई केही पुरुषता नै चाहिन्छ । सिंहलाई जस्तो यालको जरूरत छ त्यस्तै पुरुषलाई जुँघाको, जसमा गम्भीर, शासक हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ । जुँघा उखेल्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

राज्य गर्दछे । पुरुषहरूलाई केही पुरुषता नै चाहिन्छ । सिंहलाई जस्तो

यालको जरूरत छ त्यस्तै पुरुषलाई जुँघाको, जसमा गम्भीर, शासक हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ । जुँघा उखेल्ने जोइटिङ्ग्रे

हुन्छन्‌, जुँघा राख्ने- जवान । ,

मैले 'ले हण्ट' नामक प्रसिद्ध प्रबन्धलेखकको एक हास्यप्रधान लेखमा पढेथें कि कुनै रानीले आफ्नो स्वामीका बागीहरूको पक्ष लिइन्‌, किनकि राजाले उनको जनाना गाला जस्ता मसिना गाला लिएर (याने दाह्री खौरेर) उनको सामना गरेका थिए । त्यस वेलासम्म सभ्यताको

कदम शायद ठीक दिशामा रहेछ । तर आजकलको महान्‌ परिवर्तन हेर्नुहोस्‌ ! 'लोग्नेको जुँघा राखे रे भन्ने रिसले एक मेमसाहेबले पिस्तोलको

गोलीले बिवाहको बन्धनको बिच्छेद गरिदिइन्‌ रे ।' आधुनिक स्त्रीहरू जुँघाको किन यस्तो रिस गर्दछन्‌, म भन्न सक्तिनँ । आजकल स्त्रीहरूले

पुरुषलाई मिच्तै ल्याएका छन्‌; उनीहरू सम अधिकारको मागबाट पनि

अगाडि बढिसके, र पुरुषजातिको यस्तो हाँकदार मर्दाना कालो चिह्न

देख्यो कि शायद उनका नजर जन्दा हुन्‌ । मनोवैज्ञानिक कारणहरू अनौठो छद्यवेशमा बाहिरका क्रियामा काम गर्दछन्‌ ।

तर मलाई पनि यस्तो लमजुँघे मन पर्दैन जो दुई कानमाथि जुँघाका मूठा बटारेर चढाउँछ र विशेषताको राक्षसी अधिकार राख्तछ ।

मेरो सिद्धान्तमा प्रकृतिले उब्जाउने र बढाउने कुराहरू ज्यौंका त्यौं राख्नु भन्ने छैन, अलिकति छाँटकाँट नगरेदेखिन्‌ त मान्छे र भालूमा के फरक छ ? भालु-नड पाल्ने, काने जुँघा राख्ने, झाडी आँखीभौं बढ्न दिने पुरुषहरू सौन्दर्योपासनाका नजरका कसिङ्गर हुन्‌ । ती अजायबघरलाई नमूना राख्न सुहाउँछन्‌, तर संसारको गृहस्थी जीवनलाई अयोग्य नै ठहप्याउनुपर्छ । जुँघा पनि थरी-धरीका हुन्छन्‌ । कोही जुँघा घोप्टा हुन्छन्‌ मानौं

जूवाको खालमा सब कौडी घोप्टिएर चौका परेको हो। घोप्टेजुँघेहरूमा

उत्साह कम हुन्छ, उनीहरू शायद जे भने पनि मान्छन्‌ र 'जी हाँ हजूर'

किसिमका पुरुष हुन्छन्‌; मर्दको नूर नै गिरेजस्तो देखिन्छ । तिनका ठीक उल्टा हुन्छन्‌, उपरफर्कुवा । जो जुँघा बटार्छन्‌ र माथितिर फर्काएर

घुमाउँछन्‌ मानौं यिनका थर 'मै-हुँ-म' हो । तीखोटुप्पे सुइरे जुँघा भन्दछन्‌, 'कोही टेरै टेर्‌, नटेरै नटेर्‌' यो संसार मेरा निम्ति, म हँ कुबेर ” कोही जुँघा/१९५