त्यस्तालँडि हामी चालीस-पचास रुपियाँ थपेर 'जा बाबू, संसारको यात्रा गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो ता मानवआत्माले खतरासम्म
खोजेको पो ! महीनाभरि एक सय असी अण्टा बाँधिएर सधैं उस्तै गरी आइरहने बोधो तलब लिनुमा के मोहनी छ ! डब्लिने, तेब्रिने, चौबर,
पचबर हुने औपन्यासिकता तीव्र कल्पनावालाले खोज्दछ । रुपियाँको
पनि त बाकसमा कृहिरहने जीवन होइन । सडलपडलपन अहंमानी
प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको
कानेखुसी गर्दछिन् र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक
मुरी सुनौला बाली हात लगाउ भन्ने प्रवृत्ति प्रशसनीय नै छ।
बाबुआमाहरू झन् भयङ्कर जूवा खेलिरहेकै थिए । परमेश्वरले
-मनुष्य-जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य क्षणरत्नहरू उनीहरू हरहमेशा फ्याँकिरहेछन् र बडो बेहोशीसँग । आफ्नो
दाउसम्म पनि उनीहरूलाई याद छैन । उनीहरू जथाभावी थापिदिन्छन् ।
पुत्ररूषी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन् । पुरानो खतराहीन
बाटोमा लगाउन चाहन्छन् । भीरुता आफै दण्ड पाउँछ, बागी बुद्धि जीवन खोज्दछ र टट्टाउँदा अक्षरहरूलाई छाडेर खतराको क्षेत्रमा दगुर्दछ ।
चार-पाँच जना ग्य्राजुएटहरू या पण्डितहरू एक-एक रुपियाँ
साटेर एउटा छिंडीमा जूवा खेल्न बसून् र चुड्किला गफहरू गरून् । कौडीको उलटपुलटउपर राम्रा-राम्रा श्लोकहरू निकालून्, भाग्यको लहडी खेलउपर अध्ययनका नजर लगाञन् र आफ्नो सर्वस्व गुमेको र डब्लिएको
उपर समालोचना गर्दै आकन् । यो पनि एक किसिमको मजा हुन्छ । पण्डित लेखनाथ पौडचालले जूवा नखेलेको भए त्यो राम्रो चुड्किलो
बहुमूल्य नाटक 'लक्ष्मी-पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा
आउने थिएन । 'जूवा खेलेको छ, जूवा खराब हो, जवा खेल्नलाई साथीभाइलाई बोलाउनु आत्म-विरोधजस्तो देखिन्छ तर सबै विरोधहरू तेस्रो तत्त्बमा साम्य पाउँछन् ।' उहाँ कौडी पनि हान्नुहुन्थ्यो र बराबर आफ्ना चुड्किला श्लोकहरू सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा
खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस आनन्दलाई साहित्यिक बनाउन सम्नुमा तारीफ थियो, वहाँ रुपियाँलाई
सेता मौरी र पैसालाई राता मौरी भन्नुहुन्थ्यो; उहाँका नजरमा तिनीहरूका पखेटा थिए र उड्दघे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको
जूवा/१५७