This page has not been proofread
मानसिक र शारीरिक शक्तिहरूलाई बचाउने तवरले मिलापसँग संवर्द्धन दिन्छ; जसले मानवात्मालाई आफ्नो भित्री शक्ति र सूक्ष्मातिसूक्ष्म भावनाहरूमा सचेत गराउँछ, जसले सत्यको पथमा मनुष्यको अनन्त
शक्ति पत्ता लगाई विकासशील क्रमहरूद्वारा प्रकाशनशील बनाउँछ, र बढ्दो शक्तिको साथ त्यस्तो अमीर चैतन्यको विकास गराउँछ, जसले
हितकारिताको सामर्थ्यदायी नै आत्मबलको गौरव सम्झन्छ । जसले
प्राकृत आभ्यन्तरिक उद्गारमा साम्य, सौन्दर्य र सत्याभास दिन्छ र हरहमेशा जागरित राख्तछ, विश्वास उत्पादन गर्दछ र विश्वासका अमर नियमहरूद्वारा स्वर्ग र ईश्वरको चेत खँदिलो बनाउँछ, जसले मानवताको आह्वान आत्मालाई कसरविना उचालेर प्रत्युत्तरदायी बनाउँछ ।
१७६%लक्ष्मी निबन्ध-संग्रह