शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्, सिक्री नहोस्, नहोस् ऐठन; होस् प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय । साङ्ग्रो गराओस्, तर हटसिद्धान्ती नबनोस् र चारौंतर्फ देखाओस् । अकाट्य अनन्त नियमहरूको होश दिलाओस् तर संकुचित बन्धनले
नजेलोस् । शिक्षाले आत्मालाई बाधा नबनाओस् तर प्रकृतिका र जीवनका
क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस् । हाम्रा सबै शक्तिको प्राकृत विकास गरोस् र अर्द्रविकसित अवस्थामा राखेर हामीलाई साङ्ग्रो कट्टर नबनाओस् । पूर्णतातिर लैजानु यसको ध्येय होस् । भित्रबाट प्रकाशका निमित्त ठाउँ खोजिरहेका शक्तिहरूलाई यसले प्राकृत मार्ग दिन सकोस् । पढाउनुमा केही कत्रिमता छैन भन्न कोही सक्तैन । लडकालाई
वागमतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर भन्छ-“पढ ! पढ ! दुई तियाँ छ, दुई चौको आठ” बागीको आत्मा
अनन्त च्याँठ अनुभव गरेर भन्दछ “यसमा के मोहिनी ? दोहोप्यायो, दोहोन्यायो, आखिर उत्तिकै ! यी अङ्गका खुट्टा छैनन्, दुई चौको आठै हुनुमा के मज्जा ? कहिले दश, कहिले बाह्ग होस् न । अनि पो मज्जा !”
एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन । क
बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस् न “दुई चौका दश, दुई पञ्चे दुई सय” होस् त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल
होस्, अर्को खोला । अनि त्यो चार मूँगफली छोडाउने सहपाठी हुन् !
त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि ।
अनि माछाजस्तो हातरूपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा
जानु, अलिकति पानी पनि खाइने होओस् ! त्यहाँ छ खतराको मजा !
त्यो नभएको दुनियाँले के काम : यहाँ खालि कान निमोठ्छन् या हातमा
एकै छिन रन्न तातो डाम लगाइदिने त हुन् नि ! यहाँ जीवन ! यहाँ
जडाउ र ज्ञानहरू जिल्ददार छन् । “मास्टरजीको चश्माले हेर्नको के चासो !” यस्ताका विरोधी क्रिया अचेत र सचेत दुवै तवरले चलिरहेको
वेलामा त्यो वैवेकिक गणितसूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार !
जीवनको कृतकृती अरू दिशामा छ छ।
! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु
अङ्गगणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका
रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस ! मास्टरजी कपाल दुख्यो ! झैँ उँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा
१७२/लक्ष्मी निबन्ध-संग्रह