Jump to content

Page:Laxmi nibandhasangraha.pdf/156

From Nepali Proofreaders
Revision as of 23:36, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "संसारको खँदिलोपन खालि इन्द्रियाभासी छ र पाषाणको कठोरता केवल इन्द्रियसम्पन्नका स्पर्शलाई मात्रै हो । हामी संसारत्याग गर्ने बेलामा सब इन्द्रियग्राहित्व हराएर सपना छोडेझैं चेत प...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

संसारको खँदिलोपन खालि इन्द्रियाभासी छ र पाषाणको कठोरता केवल इन्द्रियसम्पन्नका स्पर्शलाई मात्रै हो । हामी संसारत्याग गर्ने बेलामा सब

इन्द्रियग्राहित्व हराएर सपना छोडेझैं चेत पाउँदछौं । संसार सपना हो, तर दिव्य सपना हो, र इन्द्रियहरूका विषयमा हाम्रा सम्बन्धात्मक

चेतहरूमा अखँदिलो इत्यादिका भावना आउँदछन्‌ । जहाँ जडको स्वत: क्रिया छैन त्यहाँ जड स्वयं आकृति पाउनै सक्तैन, किनकि चिदाभासको क्रियाशीलता नपाई उसमा

परिवर्तनशीलतासम्म पनि हुँदैन । हरेक आकृतिलाई चेतनशील अभिप्रायको

आवश्यकता छ । एकबाजि शून्य थियो भन्ने हरएक धर्मको विश्वास छ, परमेश्वरले बनाएको जगत्मा इच्छा-लहरहरू नै अभिप्रायणील आकारमा व्यक्त हुँदै खैँदिलो भएको जस्तो लाग्छ । विश्वपदार्थ के थियो; परमेश्वरको काल्पनिक चित्ररेखा रङ्ग कि कुनै ईश्वरभिन्न बस्तु ? जो आकारिएको

थिएन तर इच्छाले अङ्गित हुँदै उपस्थित विश्वको रूपमा उद्घाटित

भयो । यस कुरामा हामी आफ्नो कल्पना फैलाउन सक्तछौं ।

आकार र अभिप्राय/१४७