Jump to content

Page:Laxmi nibandhasangraha.pdf/147

From Nepali Proofreaders
Revision as of 23:30, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "वैराग्य म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल थाहा थिएन कि बैराग्य भनेको कुन चीज हो, यद्यपि म कहिले संसार...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

वैराग्य म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा

आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल

थाहा थिएन कि बैराग्य भनेको कुन चीज हो, यद्यपि म कहिले संसार सपना हो र यसमा सार छैन भन्ने कविता पनि लेख्तथें । आभ्यन्तरिक

चैतन्यबाट उठेको वैराग्य मात्र सच्चा स्वरूप धारण गर्दछ र विषयसम्बन्धी

दुःखका अनुभवद्वारा भित्रतिर उठेको संसारी निस्सारताको चैतन्य मात्र वैराग्यको आत्मा बन्दछ । खालि पढेर गुनेर मात्र विरक्ति लिनेले अरूहरूको अनुभव-प्रतिबिम्बद्वारा झल्किएका भावहरूलाई रुचाएर संसारको

निस्सारताको काल्पनिक अनुभव पाउँदछन्‌ र आफूलाई बुबिमान्‌ ठान्दछन्‌ ।

तर तिनीहरू कच्चा र प्रलोभनशील हुन्छन्‌ । सच्चा

भनेकोत्यो

हो जसले जीवनका अनुभवहरूमा अनित्यको परिवर्तनशीलता हुने संयोग,

वियोगहरूको तिक्तता अनुभव गर्ने सह्ृदयता राखेर नित्यको इशारा

पाउँदछ र त्यसको पछि दृढतया लाग्दछ- त्यस्तो तीव्र चैतन्यले, जसलाई फेरि विषयको टुनाले बहकाउन सक्तैन ।

शुकजीलाई बाल्यावस्थादेखि नै वैराग्य उत्पन्न भएको थियो ।

हामी देख्छौं कोही-कोही महापुरुष या साधुहरू पूर्वजन्मका संस्कारद्वारा

बिषयउपर घुणार पारमार्थिक सारउपर श्रद्धा उत्पन्न भएर सानै उमेरमा

संसार त्याग गर्दारहेछन्‌ । तर भित्र मर्मस्थानमा विषयको वेदना यस्तो हन मने सजीव अनुभव नभई मानिसलाई संसारमा सच्चा तवरले उत्पन्न हुन सक्तो रहेनछ । रोगीहरूको दर्शनमा मिथ्याको स्वरूप

झल्किन्छ र हामीहरू असत्यको अत्याचारबाट अमलेख बन्न खोज्दछौं,

तर पूर्वजन्महरूका अनुभवद्वारा पनि कोही-कोहीमा सच्चा वैराग्य उठ्न संभव रहेछ ।

जबसम्म हामी संसारमा ठूला हुन चाहन्छौं या यति-उति गरौंला

१२३०५८लक्ष्मी निबन्ध-संग्रह