झैं एक हात बाक्लो होला- धानका बोटहरू बालक्रीडा छेक्न राखेजस्ता छन् । त्यसअघि कालो माटोको रङ्ग कोदालीले खनेको ताजापनमा भेदरङ्गी भएर टड्कारिन्छ । त्यो झोपडीपछाडि कालको हातले आवाज बाँधिएभझैं हँसियालाई झुस्स-मुस्स पारिरहेछन् । खलबलिएको केश भझौं ! तर यो
हाम्रो पर्खालैनेरको क्या हो ? न धान न गहुँ ? अवश्य होइन ! नपाकी थाकेजस्तो छ, हरियो हरियो भ्यासाङम्यासाङ सोतर-प्रवृत्तिको
सुनौलापनारहित ठाउँ-ठाउँमा बुरुशले बुर्जा बनाएको डामदार शृङ्घारको नयाँ कलेजोपनको केश तलाशी नजीकै आउँछ । उः चङ्गा ल्यायो सानो केटोले ! मतिर रातो लामो पुच्छर
फर्काएर !- यिनीहरू पनि उडाउन चाहन्छन् आफ्ना मनका लहडी
सिर्जनाहरू ! मेरो सिद्धान्तमा एरोप्लेनको दाज्यू चङ्गा नै हो ! पखेटाको अभावमा मनुष्यजातिले हृदयमा चोट परेको चेतले चराहरूलाई गिज्याउन
चाहन्थे क्यारे ? 'यी क्या हाम्रा चरा पनि उड्दछन् !' भनेर मान्छे
परमेश्वरसँग आछन्न डाहाड देखाउँथे ! मनुष्य अविदिततिर भ्रमण गर्न
चाहन्छन्- चङ्गालाई उडान दिएर, त्यसका चेतहरू र सजीव अनुभवहरू
धागाको नाडीमा बल्केको छाम्न चाहन्छ ।
उता हेर ! कोदाली मच्चिएको ! म जान्दछु फलाम किन सृष्टि भयो ! यो पथमा शान्तिका सुनबाला फल्दछन्, कोदाली-दर्शन झुप्रोमा
सुत्दछ, क भन्छ ! 'चाहनाको कमी नै महत्त्व हो !' उ; कोदालीसँग
सभ्यता शुरू भयो ! क भन्छ ! 'आनन्दको निद्रा बेदाग अन्त:करण र कामको सच्चाइमा छ !' मेरो दिलमा ज्यापू सुखी हुन्छन्, भादगाउँले
टोपी माटाको सरदारको मुकुट हो । म कतातिर ?- साँखु कि
सुन्दरीजलनेर ?- झोपडी बनाएर कल्पनामा खेती गर्न चाहन्छु ! हृदय
यस्तै होस् तर सब अरू शिक्षा भूल भन्ने मेरो आदर्श छ ।
मसलाको बोले केहेर्छ ?/८१२७