Jump to content

Page:Laxmi nibandhasangraha.pdf/141

From Nepali Proofreaders
Revision as of 23:30, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "प्रतिबिम्बलाई एक मुट्ठी दाना त देङ । त्यस मुट्टीमा विश्वपोषण भइरहेछ । त्यो पवित्र मुखमा पर्छ र यता विश्वास झिल्किन्छ; उता श्रद्धा दीप्तिन्छ ! भारतको आत्मा एक रामनाममा अडेको छ ! 'नगर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

प्रतिबिम्बलाई एक मुट्ठी दाना त देङ । त्यस मुट्टीमा विश्वपोषण भइरहेछ ।

त्यो पवित्र मुखमा पर्छ र यता विश्वास झिल्किन्छ; उता श्रद्धा दीप्तिन्छ ! भारतको आत्मा एक रामनाममा अडेको छ ! 'नगर हेलाँ, हरि ! तिनलाई

जो आए दीन बनी' भन्दै मेरो हृदय भावको नैसर्गिक कविता बोल्न

लाग्दछ, जब मेरो घरमा जटाजूट दर्शन पाउँदछु ! यसको विषयमा

एउटा 'भिखारी' नामको पाँच-सात वर्षअगाडिको कविता प्यार लागेर, उद्धृत गर्न मन लाग्यो ।

एक दिन म सुतिरहेकै थिएँ । सपना र विपनाको दोसाँध्े प्रभात सुनौलापन, शीतको सुगन्ध र चराको कलरवसँग मीठो जागरण पाइरहेको थियो । म नवीनको द्वारभित्र पस्न लागेझौं लाग्यो, त्यसै वेला एउटा

साधु चिम्टा बजाएर गाइरहेका थिए-मेरो थाङ्ने आँगनमा ! आधा

बुझियो, आधा बुझिएन तर धोबिनीको स्वागतभन्दा मीठो लाग्यो ।

उनी भन्थे, शायद :-

"जाग जाग हे सुचिर सुताहा ! झलमल घाम उदायो । निर्मल आँसु रुनझुनसँगमा छविसँग झल्की आयो । रङीविरङ्गी विटपविहारी पंख फिंजीकन घायो ! पूर्व-शिखरमा स्वर्गद्ारको स्वर्ण-कपाट खुलायो !

अन्धकारको निविड अलसपन आँखा खोलन प्यारा ! प्रेमकी तारा झल्किरहेछन्‌ महिमा स्वर्ण उदायो ।'

यो त

त्यो जादूको अणुको टुना हो ! म कविता लेख्ने हुनाले

अलिअलि बुभ्छु व्यक्त गर्न सक्तिनँ ! तिनका यी आवाजहरू घरघरमा कति हृदयहरू अँघ्याराबाट ब्यूँझाएर हिडिरहेका होलान्‌ । अनि मैले

ब्राउनिङको 'पिप्या पासेज' सम्झें-जो मेरो अंग्रेजी पढ्नाको फल हो ।

१३२/लक्ष्मी निबन्ध-संग्रह