मसलाको बोटले के हेर्छ ?
एघार बजे नीलो थोरै कुइरे आकाश छ, जसमा कविको शरत्कालीन नीलो छैन, तर कुइरोको बाफले हावाभित्र घुस्नको एक घण्टाको प्रयासमा निकै सफलता पाएजस्तो छ ! घामले उज्यालो चहकिलोपना छ । साधु नैर्मल्यभन्दा व्यावहारिक ब्राह्मणसात्त्विकतासँग मिल्दो केही धूलो-मैलो सग्लिंदो भाव देखिन्छ । तर जसै म लेख्तछ, त्यो वाष्पाधिक्यको फा सग्लिदै ऐनामा श्वासको बाफ उडेझैं उडेको जस्तो लाग्दछ । पूर्व- गिरि-श्रृङ्खलाको होचोपनामाथि जहाजका धूवाँका मुस्ले टुक्राजस्ता दुई- चार बादलका टुक्रा देखिन्छन्, 'जहाजी नीलो' रङ्ग भएको आकाशखण्डमा, जहाँ केही हरियोपनको र छाया कलागिरी रेखाको टड्कारोपनाउपर समीपवर्ती आकाशमा आभासित भएझैं लाग्दछ । पूर्वदक्षिण कुनामा हामी भन्न सक्तैनौं हिमालयका टाकुरा हुन् कि के हुन् ? ध्वाँसे रंगका बादलका चोसा-चोसी अलि उत्तरको कुनातिर हामी ज्यादा सचेत हुनाले (शायद चन्द्रागिरीको उँचाइबाट देखिसकेका हुनाले) खातका खात चोसेमोसे झिल्झिल्यान्न छायापाटे अलि टड्कारा त्रिकोणी रेखाहरू देख्तछौं । त्यहाँ बादल सानो ध्वाँसे विभूतिरंगको किल्ला के भनूँ ? बनाएर गजूर हुन खोज्दछ । अनि ठीक त्यसैमनि स्पष्ट देखिने मौसिमप्रहृत प्राकृतिक प्रख्खातको उकालो पर्ने बाङ्गो रेखामनितिर चाँगुको अधहरा थुम्कोमा एक-दुई खत देखिन्छन् र मेरो आँखा दुर्बीन झै दुई-चार चित्र अचल मिरमिर रूखमा पर्दछ, जहाँ कवितालाई सोख मिल्न सक्तो हो । म बिस्तारै लेखिरहेछु तर दृश्यमा धेरै हेरफेर भइसक्यो । एक अदृश्य रोशनपरीले रङ्गमञ्चको र छाया र बादलका रूपहरूको परिवर्तन गर्दैछ र प्रगतिशीलता नै जीवन हो भन्ने मनमा लाग्दछ । मध्याह्ननजीकको धूप चहक चढाउँदै आइसक्यो । गोधूलीमा वनहरू एक खाँच परेको कल्सेंदो अस्पष्टता लिएर चाँगु र उजेलीकाठको चहक भएको बायाँपट्टिको