Jump to content

Page:Laxmi nibandhasangraha.pdf/91

From Nepali Proofreaders
Revision as of 23:19, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियाम...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि

सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको

झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियामा पनि नव-नव

सिर्जन त्यसै बन्दै-बन्दै आउँछन्‌ र विश्वको मुटुमा त्यही कुरा चुभ्छ, जो

मुटुकोकलाला थेयुतत थियो | अनि पछिल्लो गुणको बारेमा जीवनका अनुभवहरू सहानु' थर्कनले निकाल्न सक्नु अनुभूतिको परिपक्वता र बिभिन्नताहरूउपर सूक्ष्म चेत राख्नेको मात्र सामर्थ्यमा छ, र क

लबज र रेखाको मुटु छामी टुक्रादुक्राले आकाश धर्काइदिन्छ । जीवन र कलामा यही फरक हुन्छ कि जीवन हरबिन्दुमा सुन्दर

देखिन्न, कला देखिन्छ । जीवनको सत्य याथार्थिक या व्यावहारिक हुन्छ,

कलाको काल्पनिक जीवनमा ज्यादा विवेक काम गर्दछ र हामी रेखागणित

र बीजगणित जीवनमा पाठशालाहरूबाट लिएर जान्छौं । तर कलाको

क्षेत्रमा ज्यादा कल्पना काम गर्दछ, त्यो सृष्ष्म चेत जो मिहीन सम्बन्धहरूको

भित्री होश राख्तछ । जीवनको सौन्दर्यमा आविष्कारको आनन्द हुँदैन, जीवनको सिर्जनामा यान्त्रिकताको आधिक्य देखिन्छ, र हामी हृदयलाई

आँसु नखसाली अक्सर छुन सक्तैनौं । कलाले हरहमेशा हृदय छोइरहेछ ।

जीवन धेरै बोधो छ तर एक कुराबाट एक संसार झल्काउन उसको

अक्सर चात्री देखिँदैन । कला जीवनउपर चढ्दछ, कर्कशताउपर, चिच्याहटउपर, यान्त्रिकताउपर र उसमा 'नवीनताको नव जादू' देखिन्छ । जीवनमा झल्काभिल्की मिल्दछन्‌- टाढाको क्षणका अन्तरमा । तर कला

हरहमेशा तिनैले भरिइरहेको छ । तब बहसीले भन्दछ कि जीवन र कलाको कत्रो अन्तर रहेछ ? तर म कलाको कल्पद्रुम जीवनकै जरामा बढेको देख्तछु, जीवन माटो भए पनि फूल पोख्ने त्यही हो, यद्यपि

स्वर्गका चिडिया र रंगहरू पनि हाँगामा आउन्‌ । 'कला कलाकै निमित्त हो' भन्ने पक्षीहरू जस्ता छन्‌ । अस्कार

वाइल्ड भन्दछन्‌ 'कला सपनामनि हिँड्छ; जादूसँग खेल्दछ, नवीनतासँग

मित्यारी लाउँदछ र आफ्नो आनन्दमा आफैँ मस्त छ । क आफ्नो जगत्‌

आफ्नै निम्ति बनाउँदछ, चिच्याहटी आत्मालाई तृप्ति दिन नसक्ने फुङ्ग

परेको धूलो उडेको प्रकृति यान्त्रिकता देखाउँदछ, दोहस्यावट, सिर्जनाको

धघीमा झल्काझुल्की, एक-दुई अस्त-उदय प्रदर्शन वा जुनेली जादू ! पृथ्वी सबै ठाउँमा राम्री छैनन्‌ । सिर्जिइसकेका कुरामा दोहन्यावट देखाउनु ५२/ लक्ष्मी निबन्ध-संग्रह