सच्चा पुत्र हौं । पन्तजी र ठाकुरजी 'निराला'का देशमा मानवआत्मा
अन्धो छैन, न चीजहरू मूक छन् । 'मार्कैराको जालो' देखेर साधारण मनुष्य रमाउँदैन त कोइलीको
गानाले वनकालीको बाँदर भंडारखालमा सपना देख्दछ, तर स्विफ्टसाहेबले
माकुरा र माउरीको कथा सर्वयुगरोचक कथा बनाइदिए, र लेखनाथ कविजीले “कोइली' को 'कुह-कुह"मा जीवनको क्या भुलभुलाउँदो सुगन्धी आनन्द निकाले ! फूलदान फुद्नु मामुली कुरा हो तर बालकृ्ष्णशमशेरको
आँखाले हेन सक्नु असाधारण कुरा हो। ज्यापुनीको गानाबाट बर्ड्स्वर्थ
भए जादू निकाल्थे र यो नेपाली खाल्डो त्यस शब्दले भरिएर गुञ्जायमान हुने थियो । तर तीन सय अप्सरालाई रङ्डीन पोशाक लगाएर बचाए पनि कानो मामालाई न एक सूझ न बूझ मिल्दछ, प्रतिभाको चमत्कार यही छ कि अविदितसँग हाम्रो चिनाजानी गराइदिन्छ, र हामीलाई यही
दुनियाँभित्र अर्को आश्चर्य र अर्को मोहनी देखाइदिन्छ । हामीले पनि देखेका थियौं तर हाम्रो भित्री आँखा थिएन, शान्तिको शय्यामा पल्टँदा
अँध्यारोले बोलाइहाल्दथ्यो, हामी आँखा चिम्लिहाल्थ्यौं तर त्यो हृदयको
नाच हामीले पाएनौं । शेक्सपियर, कालिदासले लेखेको देख्दा चीजहरू नौला र झन् सच्चा भएको लाग्दछ, र पटको चियाबारी दैनिक दृष्टिको
चियाबारीभन्दा रमाइलो लाग्दछ । कविको चरो झन् मीठोसँग बोल्दछ, चित्रकारका आलु बडा गजबका स्वादिला हुन्छन् र गायकको कानेखुसी अरूको भन्दा मीठो हुन्छ । मोहनी, माघुर्य र प्रकाश ! त्यहाँ छ सब
कुरा । कलाले संशयको द्वार खोल्दछ, घामको उज्यालोले नभेट्टिने केही झल्काइदिन्छ, खँदिलो नभएको क्रा छमाइदिन्छ ढुङ्गा सपना बनाइदिन्छ
र हावाको सन्देश सुनाइदिन्छ ।
म भाग्न पनि पाउँछु, र म नजीक पनि पुग्दछु । जति दौडायो,
उति ठेगानामा राख्तछ । कलालाई मधुर मगन्ती सम्झने पनि छन्, रम खालि एकोहोरो दृष्टिले हेर्दिनँ । एकतर्फ कर्कशता र अन्धोपन र चिच्याहटबाट म बच्न पाउँछ, अविदितको देशमा विहार गर्दछु बिदितको परदेशीयता पाउँदछ र ग्राह्यको सम्बन्धमा अग्राह्यसँग नाता जोड्दछु ।
तर मेरा बादलकिल्लामा खालि मगन्ती मात्र छैन तर जीवनको घनिष्ठ
मोहनी पनि देख्ना आत्मा विरोधी छ, तर विरोधका दुई विपक्ष यहाँ आएर अनौठा तवरसँग जुट्तछन् । किनकि कलाले अनन्तलाई छन्छर 4०८लक्ष्मी निबन्ध-संगह