Jump to content

Page:Laxmi nibandhasangraha.pdf/85

From Nepali Proofreaders
Revision as of 23:17, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "उहाँसँग कुरा गरेँ भन्ने किसिमको चीजलाई म काल्पनिक सत्य सम्झन्छु ! मेरा निमित्त व्यवहार सीमित छ; दर्शन, विवेक अन्धो छ; म काल्पनिक सत्यलाई नै सबभन्दा ज्यादा रुचाउँछु र त्यसैद्वारा ईश...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

उहाँसँग कुरा गरेँ भन्ने किसिमको चीजलाई म काल्पनिक सत्य सम्झन्छु ! मेरा निमित्त व्यवहार सीमित छ; दर्शन, विवेक अन्धो छ; म काल्पनिक

सत्यलाई नै सबभन्दा ज्यादा रुचाउँछु र त्यसैद्वारा ईश्वरको झल्काझिल्की पाउँछु ।

मेरो विचारमा मानवकलाहरू काल्पनिक सत्यमा निर्भर रहन्छन्‌ ।

खालि व्यवहारको सोझो चित्रण कलाको रूप लिन सक्तैन, न त मेरो

रायमा फोटोग्राफी कुनै कला हो, यद्यपि धेरै जना मोटामोटी चीजलाई कलाका नाम चौडा अर्थले दिने गर्दछन्‌, ती चीजहरू कला नै होइनन्‌ जहाँ यन्त्रहरू मात्र सफल हुन सक्दछन्‌, जहाँ विवेक मात्र काम गर्दछ,

र जहाँ कल्पनाको कारीगरी र सीपको जरूरतै छैन । मानव-रचनाहरू

कलानजीक त्यति मात्रामा आउँछन्‌, जति मात्रामा तिनउपर सिर्जनात्मक कल्पनाको रंगरेखा देखिन्छ र जति मात्रामा हिसाब र विवेकनजीक

पुग्दछन्‌ उति यान्त्रिक रचनाहरू बन्दछन्‌ । गणितका सूत्रले हुने कामहरू

मगजका काम भए पनि कला भन्न सुहाउँदैनन्‌ । चित्रकारी कला हो,

फोटोग्राफी होइन । साधारण टेबिलमा सिकर्मीको काम हुन्छ, कला

हुँदैन; तर यदि कुनै सिकर्मीले टेबिललाई एउटा सौन्दर्यको सपना जस्तो

पारेर बनायो भने त्यहाँ कलाको प्रादुर्भाव हुन्छ । न त नक्कल गर्नु कला हो, यद्यपि कालिदासको

अनुकरण नै होस्‌ ! “अलङ्कार चन्द्रीदय'को

नियममुताबिक बनाइएका कविता यान्त्रिक श्लोक हुन्‌, तर ती न कला हुन्‌, न कविता । जब सिर्जनात्मक कल्पना नक्कल गर्नु उतार्नुबाट उपर

उठेर आफ्नो नवीन सपना देख्दछे र आफ्नै शैलीले आफ्नो छिना चलाउँछे, त्यहाँ कला निस्कन्छ । न त खालि मौलिकता नै कला हो, यदि काल्पनिक

सत्यको सुन्दर क्रिया त्यसमा छैन भने ! सत्य र सुन्दरको सीमाभित्रका रचनाहरूलाई हामी कला भन्दछौं, यदि तिनीहरूमा जीवनको हृदयलाई

प्राकृतिक प्रभाव छ भने । न त खालि सपना मात्रै कला हो; किनकि प्रकाशनको क्षेत्रमा नआई सपनाले कलाको रूप धारण गर्दैन ।

कलाको उत्पत्ति मनुष्यको अनन्त चेतको प्रतिभाबाट हुन्छ । पशुको कला हुँदैन, न त जडका ! तर आध्यात्मिक प्रकृतिले सम्पन्न

भएको विश्वकलाकारका मिहीन सूचनाहरू सम्झन र थाहा पाउन सक्ने मनुष्यलाई अलिकति दिव्य कारीगरीको अनुकरण गर्ने शक्ति दिइएको

छ । कला उत्पादन गर्ने शक्ति खालि वस्तुको बोक्रो दर्शनबाट आउँदैन; ७६/लक्ष्मी निबन्ध-संँग्रह