Jump to content

Page:Shakuntala.pdf/105

From Nepali Proofreaders
Revision as of 07:41, 27 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

उदय स्वर्णले खुल्छ शासन ।
दिनभरी फिँजी कीर्ति घामको ॥
दिन स्वदेशमा छन्‌ समुज्ज्वल ।
स्वर्ण अस्तले स्वर्ग भज्दछन्‌ ॥
अस्त भै यता, देशमा अरू ।
पछि उदाउँछन्‌, स्वर्णकीर्तिमा ॥
(३५)

घकित झौँझले राजकाजको ।
दिन खुला हुँदा रम्य आजको ॥
अब शिकारमा जान चित्त भै।
वन बिहारमा छन्‌ तयार ती ॥
(३६)

कनक-सूतको कोट झल्मल ।
रत्नदारमा मन्मथोज्ज्वल ॥
बगलमा धरी चर्म म्यानमा ।
अति सुहाउँदो वक्ररेख त्यो ॥
कनक ताज ली हीरक्दुति ।
रत्न लुर्कने दिव्य झल्मल ॥
विपुल भालमा पीत चन्दन ।
माल्ययुक्त छन्‌ देशनन्दन ॥
पयर ढाक्दछन्‌ टिम्म वस्त्रले ।
सुन सिँगारको पाउपोस छ॥
(३७)

रथ चढे तिनी चार अश्वको ।
टलकदार छन्‌ अश्व तेजिला ॥
टाप कट्किने, लोह झिल्किने ।
छाँटकाँटकामलिक यालका ॥
गुच्छ्दार छन्‌ नोल सैखिर ।
१ घावमेख्छु 2 छ्न्‌ ; तर॥
पद अधीर भै ती उचाल्दछन्‌।
हिन्हिनाउँदै मार्गखातिर ॥
(३८)