This page has been proofread
धनु छ हातमा कोष पीठमा ।
बगलमा बसे बक्बके अब ॥
मुख हँसाउने दीर्घ मार्गको ।
(३९)
अश्व चल्दछन् अग्र प्रेरित ।
रथ सिँगारको चल्छ तीपछि ॥
छल्छ दीर्घ भै लामलस्कर ।
नजरले त्यसै दृश्य देखिने ॥
(४०)
पद हजारका वाद्य बज्दछन् ।
चालमा मिली बढ्दछन् अघि ॥
'ढरर ढम्म' भै बज्छ ढोलक ।
'छनन छुन्न छन्' वाद्य रुन्झुने ॥
'धुँ धुँ धुँ' गर्दछन् तालमा मिली ।
पयर चल्दछन् लाम लश्कर ॥
(४१)
गगन खैरियो धूलिधूसर ।
जनसमूहको आँधि आउँदा ॥
वाद्य छन् जहाँ मेघगर्जन ।
पद हजारका वृष्टि झर्दछन् ॥
(४२)
कनकयानमा सूर्यतुल्य ती ।
धनुष हातमा रश्मि झैं शर ॥
क्रुरताहरू मार्न चल्दछन् ।
विपिनमा लिने अन्धगह्वर ॥
(४३)