This page has not been proofread
(१६)
त्यै घर, तेही घरका व्यक्ति,
त्यै पिँजरामा क्रमसित भक्ति
बढदैबढदै आयो मेरो
अरु सब बिर्सेँ सेरोफेरो
(१७)
शनैः शनै: सब फिर्यो जमाना
जर्जरताले मार्यो ताना
शिथिल भयो जब बोल्ने शक्ति
अनि पछि पाएँ बन्धन-मुक्ति
(१८)
धन्य दयालू मानुष-जाति
धन्य विवेकी तेरो छाती
जसले गर्दा प्राण-भिखारी
बिचरो म भएँ वारी न पारि
(१९)
कुन त्यो त्यस्तो जन्मोत्सव हो ?
कुन त्यो अद्भुत करुणा-द्रव हो ?
जसले मरणाऽऽसन्न मलाई
यस हालतमा फाल्यो हाई !!