This page has not been proofread
(४०)
कोही कटिमा पटुका बाँधोस्
कोही शिरमा फेटा बाँधोस्
कोही भाङ्रा गादोस् खालि
वास्तव हामी सब नेपाली
(४१)
चाहे घोकौँ चण्डी गीता
चाहे प्रापारमीता
घार्मिक मतको भेद छ खालि
वास्तव हामी सब नेपाली
(४२)
लड्दा उनको शक्ति लिएर
दूर काँगडासम्म गएर
बोल्थ्यौँ जय जय गोरख-काली !
थियौँ यशस्वी सब नेपाली
(४३)
उस वेलाको राष्ट्र-विधाता
गोर्खाऽधिपको लाग्दा नाता
पाएका हौँ पद गोर्खाली
वास्तव हामी सब नेपाली ॥