This page has not been proofread
(३२)
तृष्णा अन्धो, लाल्चा धमिलो
लोभ छ मुटुमा चिलने कमिलो
जसले हाम्रो वन-धन जम्बा
पहिल्यै ज्यादा गर्यो बिकम्बा
(३३)
तीन किसिमको हावा-पानी
तीन किसिमको आनी-बानी
तीन किसिमको शक्ति-विचार
राष्ट्र छ तरु एक अपार
(३४)
यो हो हाम्रो प्रिय नेपाल
प्रमुख पहाडी राष्ट्र विशाल
यसमा रहने भुजबल-शाली
वास्तव हामी सब नेपाली
(३५)
जन्म जहाँको जाति वहाँको
वास जहाँको भास वहाँको ।
ठाम मात्रको भेद छ खालि
राष्ट्र-दृष्टिमा सब नेपाली