Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/252

From Nepali Proofreaders
Revision as of 11:52, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(२८)
शिरमा गौछा कटिमा धोती
थोरै श्रममा धेरै मोती
देहातीको जीवन-सार
असली जो छन्‌ उनकै हार

(२९)
साँघु, डुङ्गा, रास्ता पक्की
बाँध पैनको नयाँ तरक्की
क्यै नहुनाले सब देहाती
बखतबखतमा पिट्छन्‌ छाती

(३०)
यसमा केही काल अगाडि
थियो भयङ्कर जङ्गल झाडी
बढ्दै आयो पछि आबादी
वन दिन थाल्यो मृत्यु-समाधि

(३१)
चौबर बढ्दा कृषिको भन्दा
लकडी बिक्री गर्ने धन्दा
वनमा ज्यादा घुमे कुठार
नाम मात्र भो कृषि-विस्तार