Jump to content

Page:Laxmi nibandhasangraha.pdf/207

From Nepali Proofreaders
This page has not been proofread

ओठबाट त्यस्तो ध्वनि निक्लन असम्भव थियो, म त्यसको नक्कल गर्न सक्तिनथें । म मानेदार बनाएर ध्वनि बिगार्थं, मेरा शब्दहरू साना संकुचित सीमाभित्र निक्लन्थे; तिनमा त्यो प्राकृत जादू हुँदैनथ्यो- यो विशालको दुना, जो त्यसको थ्कदो पातले चरीजिभ्रोबाट ध्वनि भएर निक्लन्थ्यो, मेरो खस्रो छातीमा भावनासम्म दिइएको थियो । म चरो हुन्थें बरु ! केही मिहीनाउन त पाउँथे ! यो विवेक बहसपूर्ण वस्तुभेदी बोलीभन्दा मलाई त्यो मीठो लाग्यो ! मानौं त्यहाँ पहाडहरू जम्मै मिलेर मुटुबाट ध्वनि बन्थे ! मानौं विशालको अविदित भाषा त्यसको कण्ठ थियो, त्यो बोल्थी त्यस आत्मप्रकाशनको ऐडीले- जो सिर्जनाको आनन्दमा उद्तछ ।

मलाई कहिले-कहिले यस्तो लाग्दछ कि माटाको पूर्णता फूल हो र फूलको पूर्णता चरा हो ! फूलहरू बोल्न खोज्दछन्‌ तर शब्द निक्लंदैन; म सूचनाबाट तिनको भाषा टिप्तछ्गु । तर चराहरूमा रङ पनि हुन्छ, कोमलता पनि; त्यसउपर तिनीहरू स्पष्ट बोल्दछन्‌ । हृदयको उद्गार गर्ने शक्ति चरामा देखिन्छ । मानौं सिर्जनाको सुख जीवनको केन्द्रबाट माधुर्य लिएर कूर्लिन्छ । चरी जीवनको हरियो कुञ्जमय रहस्यरञ्जित अनुभूति" सुरिलो बनेर भाबुक केन्द्रबाट उद्गारित हुन्छ- वेभाषाको दुनादार माधुर्यमा मानौं स्रष्टाको प्रेम विभिन्न चातुरीमा अनेक बनेर एक जीवनको जीवन-आस्वादनको कृतज्ञता प्रकाशक मधुरध्वनि सुन्न चाहन्छ । मलाई यस्तो-यस्तो लाग्दछ कि जीवन भनेको विशालको आस्वादन हो; पूर्णको भाव हो, विश्वको समष्टिरूपको केन्द्रीभूत चैतन्य हो । यसैकारण दृश्यजगत्‌ उसको ध्वनिमा कुर्लेर आउँछ; मेरो जीवन सहानुभूतिको भावले अनुस्पन्दन पाएर आफ्ना आभ्यन्तरिक अनुभवहरू खोज्न कान थापेर अघि सर्दछ ।

मत्यस्तै सानो कुञ्जमा बास गर्दथे, मेरो हरियो रानीवन रमाइलो थियो, म त्यसैलाई रोजेर प्रकृतिमा गुँड बनाएर बसेको थिएँ । मलाई तिनै आकाशमा उड्न मन लाग्दथ्यो, जहाँ त्यस चरीले उषासँग दिन- दिनका सुनौला रहस्यहरू सोध्न जान्थी । त्यही कलकले जलले मेरो आँत रमाउँथ्यो, जहाँ त्यो चरी चुच्चो डुबाउँथी । तिनै पहाडहरूको मोहनीले मलाई घेर्दथे, जसले चरीलाई बिउँझाएका थिए । नेपाली मट्टीबाट बनेको सानी मूर्तिले त्यही नेपालानुरागी भावुक हृदय लिएर