Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/188

From Nepali Proofreaders
Revision as of 11:18, 18 May 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(४)
यस्तो हालत देहको छ, तर यो मेरो मयालू मन
लेख्ने लालच गर्छ बन्धुजनको सम्झी प्रवासीपन ।
यो मायामय पाशको वश परी जो लेखुँला त्यो कुरा
राखे है प्रिय बन्धुवर्ग ! मुटुमा सारांश सम्झी पुरा ॥

(५)
यी लम्बा हिमशैलका चहकिला अग्ला हजारौँ चुली
यी छाँगा, छहरा यिनै नद, नदी मुस्कानको भाव ली ।
तिम्रै पूर्वजका कथामय मिठा गाथा सुसेल्छन्‌ सब
स्वप्नामा पनि बन्धुवर्ग ! नभुले नेपालको गौरव ॥