Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/187

From Nepali Proofreaders
This page has not been proofread
प्रवासी बन्धुसित

(१)
बर्मा, सिक्किम, दार्जलिङ्‌ र मलया, आसाम, सिङ्गापुर
कालिम्पोङ र देहरादुन तथा भूटान, भाक्सुतिर ।
बस्ने जो प्रिय बन्धु छन्‌, सकलको यै राष्ट्रभाषाप्रति
देख्दा प्रेम सदैव हर्ष मनमा उर्लन्छ मेरो अति ॥

(२)
अर्थोपार्जन , जीविका, इलम वा उद्योगको खोजनी
गर्दै, दूर विदेशमा नियतिले पुस्तौं गले तापनि ।
भाषा, भेष, नरेश, संस्कृति, कला जो जाति बिर्सन्न रे
उस्को राष्ट्रिय भावना हृदयको मेटेर मेटिन्न रे ॥

(३)
हे मेरा प्रिय बन्धु ! हाल तिमीले साहित्यका खातिर
जो लेख्यौ अनुरोधपत्र, उसको एकै छ यो उत्तर ।
मेरो हेर, उनाशि वर्ष वय भो त्यो शक्ति भागीशक्यो
के लेखूँ  ? कसरी कठै ! कलमले विश्राम मागीशक्यो ॥