Jump to content

Page:Laxmi nibandhasangraha.pdf/183

From Nepali Proofreaders
This page has not been proofread

लम्बा लबज जान्नु विद्दत्ता कहलाउँछ । आफ्ना भाषामा समझ बोल्ने अशिक्षितभन्दा विदेशी भाषामा नासमभझ बोल्ने विद्वान्‌ ठहरिन्छ । हामी अंग्रेजी देख्नै श्रद्धा गर्दछौं । स्वदेशी भावहरू हामीबाट निक्लँदैनन्‌ । हामी हिन्दू जातिलाई हेप्तछौं । तान्ने किसिमका जान्ने हुन चाहन्छौं । सङ्ीर्णता, विकीर्णता नै शिक्षा हो । जीवनबाट दूर गराउनु विद्यालयको क्रम छ । हामीलाई के चाहिएकोछ त्यो बुभ्ने थोरै छन्‌ ।प्रवृनिहरूको संस्कारशील पोषण पाइन्न । मगज बिग्रिन्छ जस्तो चर्कुल्लो पिपिले गानको मधुर आत्मा प्रतिभाशाली व्यक्तिहरू मूर्ख बनाउने प्रमाणलाई शिक्षा नाम दिइएको छ । यहाँ गर्व, अहंकार, मद, मात्सर्य, म्लेच्छता, शक्तिप्रेम, हिंसात्मक प्रवृत्तिहरू र असत्यको हरएक किसिमका तत्त्वकला अक्षरहरूद्वारा उचित तवरले पढाइन्छन्‌ । तब ज्ञान मगजमा बस्तछ, हृदय रित्तो बन्दछ र झिलिमिली चतुरताको सिंगार पाएको खप्परे सुगाझैँं दोहोरावटमा आत्मशमन राखेर खोक्रो बोली बोल्ने सोखमा फुर्फुरिन्छ।

हामी कति समय बरबाद गरिरहेछौँ यत्तिका निमित्त ! जति मैले वी०ए० सम्म पढेँ त्यति त मलाई विश्वास लाग्छ तीनै वर्षमा केटाकेटीलाई कथा सुनाएर तिनीहरूसँग कुरा गर्ने एउटा बालकनिकेतन बनाए म सजिलैसँग बालबालिकाहरूका मनमा झन्‌ राम्रो तवरसँग घुसाइदिन्थेँ । मानिस अझ अर्घंशिक्षित छँदै छ र न्यूनसवर्द्धित । मलाई खेद लाग्दछ कि यत्तिको मिहिनेत बेकार गयो । पन्ध्र वर्ष ता पढिसकेँ र मेरो जीवन सालाखाला पच्चीस होला । तर के हात लाग्थ्यो : कागजको खोस्टो, जसले मलाई हरहमेशा गिज्याइरहेछ र संसारलाई हरहमेशा छकाइरहेछ । मैले त्यस कक्षासम्म राम्ररी न पढे न आइपुगे । जाँचको एँडीमा नम्बरका निमित्त पढियो । थोरै जिज्ञासाले पढियो होला र ? किताबले राम्ररी मेरो हृदय छुनै सकेन, नत्र मलाई आजकल किताप पढ्नेदेखिन्‌ किन यत्रो आलस्य र वैमनस्य लाग्दथ्यो ? पन्ध वर्षको बोध चिच्याहट पाई पढ्दै नपढूँ जस्तो लाग्नु आधुनिक शिक्षाको लक्षण हो । कति सस्तो सन्तोषले हामी बी०ए० एम०ए० हुनासाथ किताब पन्साउँछौं । मुख्य काम छ रोटी कमाउनु, नौनी लगाउनु ! मलाई त्यो करा पढाउन शरम लाग्दैन जो म आफैँ जान्दिनँ ! दुनियाँ आशा गर्दछ म उसलाई निराश गराउन चाहन्नँ । यसरी मैले कति सय लडका बिगारिदिएँ हुँला ! उनीहरू