पुगिन् क्रोधले फन्फनाई विचेत ।
तिनी एकली ध्येय उट्ेश्यहीना ॥
पुगिन् पोखरीको नजीकै किनारा ।
त्यहाँ हाय ! लोटिन् हरे ! ती बिचारा ॥
(२२२)
थियो चढ्नु जो स्वर्गको नै अटाली ।
जगत््की बनी एकली दिव्य रानी ॥
तिनी भारले दुःखकी झन् विचेत ।
झरेको छ झर् झर जहाँ आज पानी ॥
(२२३)
दुवै नेत्र फर्की गरे झै पुकारा ।
थिए नानिमा दुःख एकोहरा भै ॥
हिलोमा झरेकी तिनी फूल राम्री ।
हरे ! आँसु भर्छिन् सफा चित्र हाम्रा ॥
(२२४)
कठै ! एकली हेर । बग्दो हिलामा ।
बरा ! कर्मले वैलिएकी तिनी छन् ॥
हिलामा परेको छ सारा सिँगार ।
थियो आशाको जो नयाँ रूपदार ॥
(२२५)
झरे केशका स्वर्गका सुक्त दाना ।
झझल्झल् गरी बाहमा गुडनलाई ॥
हुँदा दुःख ज्याला दया भो निहोश ।
सबे चीज छन्छन् रुलाई मलाई ॥
(२२६)
परीकी तिनी फूल भै दिव्य छोरी ।
हरे ! विश्वकी मोहिनी आजलाई ॥
धरामा पछारी दिने कुर कर्म्म ।
कहाँ लाग्छ माया निङुरी तँलाई ?
(२२७)
Page:Shakuntala.pdf/314
Appearance
This page has not been proofread
