This page has been proofread
"हरे ! मृत्यु मीठो तँ आ आजलाई ।
लगीदे फुटेकी अभागी मलाई ॥"
भनी प्राणको प्रार्थनामाथि जाँदा ।
गिर्यो बज्र चड्की चिरी मेघ आधा ॥
(२२८)
हरे ! सक्दथे स्वर्गका देवताले ।
कहाँ खप्न यो दुःख चिम्लेर आँखा ॥
गिरेकी कलिली अभागी प्रसून ।
जसै लोटिहालिन् हुँदा दुःख ज्यादा ॥
(२२९)
झल्झल् झिल्ल चट्याङ्ग घर्घर गरी चीरा परी बादल ।
चड्क्यो बज्र अतासिइन् प्रकृति नै थर्थर् भयो भूतल ॥
देख्ने एक भएन किन्तु नभमा ओर्ली छिटो मेनका ।
आइन् चट्ट लिई गइन् पर कता प्यारी गिरेकी सुता ॥
(२३०)