Jump to content

Page:Shakuntala.pdf/309

From Nepali Proofreaders
This page has not been proofread

रिसाए राजा झन्‌ "शरमनबिनुकी जु |
यहाँ केको नाता मसित अब मनपरी ॥
तिमी वेश्या हौ ता झिलिमिलि छ आनन्द लहरी ।
हजारौं गुण्डा छन्‌ तिनकन फकाक छल गरी ॥
(१९२)

म के लाटो हुँ क्वै ? छलसित त्यसै ठग्न सकिने ?
तिमी रानी बन्ने मतलब लिई गर्भ तुहुने ॥
मलाई भारी झै शिरउपर राखेर महिषी ।
विलासी हुँ भन्छयौ, पर सर धपाएर भट्रँती ॥"
(१९३)

सुनी, कोधी नबोले द्विजवर नबने झन्‌ नजरका ।
फिलिब्गा झै राता कटु वचन नोल्छन्‌ अब उनी ॥
"तिमी राजा भन्दै सब जन थिची न्यायरहित ।
गरौंला राज्यै के बुझ अब छ गुम्ने सुखसित ॥
(१९४)

बडा अन्यायी यी सजलनयनीसामु वचन ।
गरी राख्छौ दर्जा कपट छलले विश्व निलन ॥
उसै होला तिम्रो कपट जगको राज्य बलियो ?
नभन्‌ आत्मा दोषी भुवन सहजै नल्छ छलियो ॥
(१९५)

र्नूपर्ला राजा) नजर दुखियाका सरि बनी ।
सबै शोखी झर्ला यश सब उठी नुङ्ग अवनी ॥
बनी छोरो आई विकट हरि अन्याय गढमा ।
त्यसमै ठूला नन्छौ छलसेँग नजान्ने अपढमा ॥
(१९६)

यही गही काँपी धर धर गरी आश्रयविना ।
असत्ले घर्केला कपट, नदला रुन्छ पतन ॥
त्यहाँसम्मन्‌ राजा जबतक रह्यो न्यायसहित ।
हुँडारै हौ अन्धा ट्विज अघि बने न्यायरहित ॥
(१९७)