Jump to content

Page:Shakuntala.pdf/219

From Nepali Proofreaders
This page has not been proofread

जो विश्वासी हृदय गहिरो तास त्यल्लाइ छैन ।
शङ्का गर्ने हृदय धृतिले दुःखमा लिन्न आश ॥
विश्वासी भै डर पर गरी सम्झना होस्‌ सजीव ।
तिम्रै छाती प्रचलित हुने ढुक्दुकीमा म आई ॥
मीठो तालीसँग त रहुँला नित्य आत्मा समाई ।
(११)

बिर्से मेरा हृदय नरहोस्‌ खाक होस्‌ विश्व सारा ।
मैरो आत्मा नरकगत होस्‌ बिर्सिए यो मुहार ॥
साना पर्दा समयकन छन्‌ जिन्दगीका वियोग ।
खारी आत्मा विमल गरिने हो परीक्षा वियोग ॥"
(१२)

भन्दै प्यारी विपिनद्हितालाइ सम्झाउँदा ती ।
आँखा ठूला टलपल भई दुःखदाना झरेकी ॥
आफै रुन्छन्‌ मन मन त्यहाँ रोक्दछन्‌ किन्तु आँसु ।
"चाँडै फर्की लिन विपिनमा आउँला" है भनेर ॥
(१३)

सीधी आत्मा विरहहरुमा आशले रोज गन्थिन्‌ ।
औंटीको ती प्रतिदिन हने वर्णको रीस गर्दी ॥
सारा संसार तिमिर भरी दुःखको राज्य देख्थिन्‌ ।
आशा राख्थी हृदय जलले नत्र ता खाक नन्थिन्‌ ॥
(१४)

उड्दै आए निदुर नभमा क्रूर ती दीर्घ रोज ।
जल्दा ज्वालासदृश रविका ग्रीष्मको स्पर्शा पाई ॥
योटा दोटा अनि जब गयो रोज तेस्रो उडेर ।
रोड्न्‌ आँखा जल जल' गरी वाक्य मिथ्या बुझेर ॥
(१५)

लामा लामा अझ हुन गए दुःख जस्ता निमेष ।
शड्डा बढ्थध्यो मनमन डरै जित्दध्यो नित्य वेश ॥
दुन्ली दुःखी सँगिनिसँग नै सुस्तरी सुस्किएर ।
आँखा ठूला सजल रहँदी बस्दधिन्‌ घोरिएर ॥
(१६)