Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/135: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 15:09, 25 June 2025

This page has been proofread

(१२)
पोलने विकट भानु हराए
शान्त शीतकर बल्ल उदाए ।
भन्दछे मनमनै स्मृतिहीना
चक्रवाक-वनिता अति-दीना ॥

(१३)
[1]निष्प्रपञ्च प्रलयाऽऽकृति-धारी
नीदको जटिल जाल उघारी ।
फेरि कर्मपथमा दुनियाँले
सुस्त सुस्त पद राखन थाले ॥

  1. यो कविता क्रियामा हलन्त नगर्ने नियम भएको वेलामा नेपाली क्लासमा पढ्ने बालकहरूका निमित्त लेखिएको हो । -लेखक