Page:Lalitya bhag 1 ra 2.pdf/75: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''नैतिक-दृष्टान्त'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} बडाले जो गर्यो काम हुन्छ त्यो सर्व-सम्मत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ॥ {{pcn|(२)}} गरदैन ठुलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन । बसेको छ..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 16:05, 22 June 2025
This page has been proofread
नैतिक-दृष्टान्त
(१)
बडाले जो गर्यो काम हुन्छ त्यो सर्व-सम्मत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ॥
(२)
गरदैन ठुलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमा-बद्ध बनीकन ॥
(३)
दबिन्छ गुणिको दोष गुणको राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ॥
(४)
कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ॥
(५)
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ ॥
(६)
ज्यादा सोझो हुनूभन्दा टेढिनु छ फलाऽऽधिक ।
गरिँदैन कुनै सोझो ग्रहको पूजनाऽऽदिक ॥