Jump to content

Page:Champa.pdf/52: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो, यसको अभाव  
देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो, यसको अभाव  
शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब  
शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब  
एक चिज हुँ भन्दछ, र अरु चिजसँग लड्न थाल्दछ, ऊ केही न केही  
एक चीज हुँ भन्दछ, र अरू चीजसँग लड्न थाल्दछ, ऊ केही न केही  
बन्न जान्दछ । जब ऊ सब किसिमको चिजमा एकाकार रहन्छ या सब मतको  
बन्न जान्दछ । जब ऊ सब किसिमको चीजमा एकाकार रहन्छ या सब मतको  
समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालको रुपमा रहन्छ ।  
समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालको रूपमा रहन्छ ।  
महत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिंढी हो ।  
महत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो ।  
आज्ञाकारिताको विष्णु सहस्रनाम सबैले लेखेका छन् । तर केवल  
आज्ञाकारिताको विष्णुसहस्रनाम सबैले लेखेका छन् । तर केवल  
झुकाई र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाको  
झुकाई र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाको  
निमित्त, प्रकृतिका नियमले नै जीवनको सर्वस्वभाविक सब क्रिया र  
निमित्त, प्रकृतिका नियमले नै जीवनको सर्वस्वभाविक सब क्रिया र  
गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घर बुहारीको निन्याउरो  
गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो  
मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न  
मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न  
खोज्दथिन् तर चम्पा डराउँदथिन्, उनमा संस्कारहरु भयङ्कर थिए ।  
खोज्दथिन् तर चम्पा डराउँदथिन्, उनमा संस्कारहरू भयङ्कर थिए ।  
पूर्वजन्मका भीषण कीटाणुहरु, पुस्तान पुस्ताका विषाक्त वाष्पहरु क्रियाशील  
पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तान पुस्ताका विषाक्त वाष्पहरू क्रियाशील  
थिए । उनी अझै परिस्थितिकी दासी थिइन् । तर प्रकृतिले उनलाई  
थिए । उनी अझै परिस्थितिकी दासी थिइन् । तर प्रकृतिले उनलाई  
वर्डस्वर्थको लुसीलाई झैं क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने  
वर्ड्सवर्थको लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने  
आवश्यकीय जीव शिक्षाको पाठशालामा एकदम अगाडि बढाउने चेष्टा  
आवश्यकीय जीव शिक्षाको पाठशालामा एकदम अगाडि बढाउने चेष्टा  
गरिरहेकी थिइन् ।
गरिरहेकी थिइन् ।
Line 28: Line 28:


चम्पा सासूको कोठामा फन्किँदै पसिन् रिसले । बुढियाको  
चम्पा सासूको कोठामा फन्किँदै पसिन् रिसले । बुढियाको  
पिंडौलामा घिउ घस्नु थियो ।
पिँडौलामा घिउ घस्नु थियो ।


"आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !"
"आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !"


"कस्तो घिउ घस्नुपर्‍यो... पहाडीको पिंडौला"
"कस्तो घिउ घस्नुपर्‍यो… पहाडीको पिँडौला"


च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मनमनै भनें
च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मनमनै भनेँ
भन्ठानेकी थिइन् । बस् ! बज्र चड्क्यो ।
भन्ठानेकी थिइन् । बस् ! बज्र चड्क्यो ।


"के भनिस् चोथाले ? च्यात्नु पर्‍यो बेस्सेका गाला ?"
"के भनिस् चोथाले ? च्यात्नुपर्‍यो बेस्सेका गाला ?"


"बेस्से भन्नु पर्दैन आर्कालाई ! हामीले को नाठा खेला
"बेस्से भन्नुपर्दैन आर्कालाई ! हामीले को नाठा खेला

Latest revision as of 11:50, 20 June 2025

This page has been proofread

देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो, यसको अभाव शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब एक चीज हुँ भन्दछ, र अरू चीजसँग लड्न थाल्दछ, ऊ केही न केही बन्न जान्दछ । जब ऊ सब किसिमको चीजमा एकाकार रहन्छ या सब मतको समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालको रूपमा रहन्छ । महत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो । आज्ञाकारिताको विष्णुसहस्रनाम सबैले लेखेका छन् । तर केवल झुकाई र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाको निमित्त, प्रकृतिका नियमले नै जीवनको सर्वस्वभाविक सब क्रिया र गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न खोज्दथिन् तर चम्पा डराउँदथिन्, उनमा संस्कारहरू भयङ्कर थिए । पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तान पुस्ताका विषाक्त वाष्पहरू क्रियाशील थिए । उनी अझै परिस्थितिकी दासी थिइन् । तर प्रकृतिले उनलाई वर्ड्सवर्थको लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने आवश्यकीय जीव शिक्षाको पाठशालामा एकदम अगाडि बढाउने चेष्टा गरिरहेकी थिइन् ।

तब यस्तैमा एक दिन उनको सासूसँग घनघोर झगडा पर्‍यो ।

"ए कान्छी !" चम्पाले आधा सुनिन् ।

"अझ सुन्दिन ! भर्खर गुनगुनाइरहेकी थिई !"

"आ" चम्पाले आङ कर्काइन् । रातको एघार बजेको छ ।

"ए चम्पा ! तेरो कान छैन ? अझ बोल्दिनस् अजिर्नी ?"

चम्पा सासूको कोठामा फन्किँदै पसिन् रिसले । बुढियाको पिँडौलामा घिउ घस्नु थियो ।

"आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !"

"कस्तो घिउ घस्नुपर्‍यो… पहाडीको पिँडौला"

च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मनमनै भनेँ भन्ठानेकी थिइन् । बस् ! बज्र चड्क्यो ।

"के भनिस् चोथाले ? च्यात्नुपर्‍यो बेस्सेका गाला ?"

"बेस्से भन्नुपर्दैन आर्कालाई ! हामीले को नाठा खेला