Jump to content

Page:Champa.pdf/50: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
खिसीटेप्ली के हामी यत्ति चिजका निमित्त जन्मिएका छौं त ?
खिसीटेप्ली के हामी यत्ति चिजका निमित्त जन्मिएका छौँ त ?


चम्पाको व्यक्तित्वले आफ्नो गृह नामको जेलखानाको बन्द  
चम्पाको व्यक्तित्वले आफ्नो गृह नामको जेलखानाको बन्द  
Line 12: Line 12:
त्यसको लागि जो आफूलाई "तिम्रो कोही होइन" भनेर त्याग गरेर  
त्यसको लागि जो आफूलाई "तिम्रो कोही होइन" भनेर त्याग गरेर  
एक वचनबिना विदेशिन्छ । उनले सहेको, भोगेको कसले देख्यो ?  
एक वचनबिना विदेशिन्छ । उनले सहेको, भोगेको कसले देख्यो ?  
यति गर्दागर्दै ज्येठानी छिमेकीहरुका अगाडि बेस्से हुन्छे ! "बेस्से  
यति गर्दागर्दै ज्येठानी छिमेकीहरूका अगाडि बेस्से हुन्छे ! "बेस्से  
हुन मन लाग्या भए कस्ले छेक्न आउँथ्यो त कसलाई ? कतिका  
हुन मन लाग्या भए कस्ले छेक्न आउँथ्यो त कसलाई ? कतिका  
छोरीबुहारी चोखै रहेका छन् संसारमा त ? ... गुन गर्‍यो भकुन  
छोरीबुहारी चोखै रहेका छन् संसारमा त ? गुन गर्‍यो भकुन  
थापा... कस्तो मुखाले घोरमुखाहरु !..."
थापा… कस्तो मुखाले घोरमुखाहरू !"


घर त्यसको नाम हुँदैन जहाँ आफ्नो मालिक्याइँको सम्भावना  
घर त्यसको नाम हुँदैन जहाँ आफ्नो मालिक्याइँको सम्भावना  
न्यूनतम मात्रामा पनि छैन । पारिवारिक जीवनको माने तब सुरु हुन्छ  
न्यूनतम मात्रामा पनि छैन । पारिवारिक जीवनको माने तब शुरु हुन्छ  
जब बुहारीले मातृत्वको आरम्भ गर्दछे । तर चम्पालाई कुनै  
जब बुहारीले मातृत्वको आरम्भ गर्दछे । तर चम्पालाई कुनै  
किसिमको प्राकृतिक या अरु दावा घर नामको विदेशतर्फ लगाउने  
किसिमको प्राकृतिक या अरू दावा घर नामको विदेशतर्फ लगाउने  
अवकाश दिइएको थिएन ।
अवकाश दिइएको थिएन ।


Line 28: Line 28:
चम्पालाई घरतर्फ झन्झन् वैराग्य लाग्दै गयो । उनी  
चम्पालाई घरतर्फ झन्झन् वैराग्य लाग्दै गयो । उनी  
बोल्नचाल्नसम्म पनि छाड्दै गइन् । कृष्णको पूजातिर ज्यादा ध्यान  
बोल्नचाल्नसम्म पनि छाड्दै गइन् । कृष्णको पूजातिर ज्यादा ध्यान  
दिन्थिन् । उनलाई अरु आश्रय या अरु कुनै पक्रिने हाँगो दिइएको  
दिन्थिन् । उनलाई अरू आश्रय या अरू कुनै पक्रिने हाँगो दिइएको  
थिएन । यौनभाव परम पूजनीय भए तिनको आदर्श आश्रय स्थान जसलाई  
थिएन । यौनभाव परम पूजनीय भए तिनको आदर्श आश्रयस्थान जसलाई  
हामी कृष्णजी भन्छौं सब स्त्रीजातिका परमेश्वर तथा स्वर्ग मात्र होइनन्  
हामी कृष्णजी भन्छौँ सब स्त्रीजातिका परमेश्वर तथा स्वर्ग मात्र होइनन्  
कि सब दबाबमा रहेका अन्तर व्यापारका आच्छन्न प्रकाशनका दिव्य मार्गसमेत  
कि सब दबाबमा रहेका अन्तरव्यापारका आच्छन्न प्रकाशनका दिव्य मार्गसमेत  
छन् । ज्यादाजसो ती स्त्रीहरु श्रीकृष्णतर्फ ज्यादा भक्ति गर्न प्रवृत्त  
छन् । ज्यादाजसो ती स्त्रीहरु श्रीकृष्णतर्फ ज्यादा भक्ति गर्न प्रवृत्त  
रहन्छन् जसमा सामाजिक या घरेलु घटनाले तथा औद्योगिक कर्मका  
रहन्छन् जसमा सामाजिक या घरेलु घटनाले तथा औद्योगिक कर्मका  
अभावले, आत्मप्रकाशनको बाटो सबभन्दा साङ्ग्रा रहन्छन् । निरोधक
अभावले, आत्मप्रकाशनको बाटो सबभन्दा साङ्ग्रा रहन्छन् । निरोधक

Latest revision as of 11:41, 20 June 2025

This page has been proofread

खिसीटेप्ली के हामी यत्ति चिजका निमित्त जन्मिएका छौँ त ?

चम्पाको व्यक्तित्वले आफ्नो गृह नामको जेलखानाको बन्द उकुसमुकुसीबाट आत्मविस्तारको क्षेत्र क्रमशः खोजी गर्न लाग्यो उनलाई घर टिकिसक्नु भएन । एक दिन चम्पा कुनै माइतबाट भेट्न आएको मानिससँग कुरा गर्न लागेकी थिइन् । सासूले उनको हँसाइ, चलाइ इत्यादिबाट उनको चालचलनको टीकाटिप्पणी गर्न थालिन् ।

"यो नचिनेकी हो र ! यो बेस्से हुन्छे, बेस्से !"

चम्पाको हृदय विदीर्ण भयो, यति काइदासँग धर्म सम्झ्यो त्यसको लागि जो आफूलाई "तिम्रो कोही होइन" भनेर त्याग गरेर एक वचनबिना विदेशिन्छ । उनले सहेको, भोगेको कसले देख्यो ? यति गर्दागर्दै ज्येठानी छिमेकीहरूका अगाडि बेस्से हुन्छे ! "बेस्से हुन मन लाग्या भए कस्ले छेक्न आउँथ्यो त कसलाई ? कतिका छोरीबुहारी चोखै रहेका छन् संसारमा त ? … गुन गर्‍यो भकुन थापा… कस्तो मुखाले घोरमुखाहरू !…"

घर त्यसको नाम हुँदैन जहाँ आफ्नो मालिक्याइँको सम्भावना न्यूनतम मात्रामा पनि छैन । पारिवारिक जीवनको माने तब शुरु हुन्छ जब बुहारीले मातृत्वको आरम्भ गर्दछे । तर चम्पालाई कुनै किसिमको प्राकृतिक या अरू दावा घर नामको विदेशतर्फ लगाउने अवकाश दिइएको थिएन ।

उनको हृदयले तीव्र वेदनाको स्वरमा उद्गार गर्न लाग्यो । "हाय ! अभागिनी चम्पा ! खै तेरो घर ! यत्रो संसारमा तेरो को छ ?"

चम्पालाई घरतर्फ झन्झन् वैराग्य लाग्दै गयो । उनी बोल्नचाल्नसम्म पनि छाड्दै गइन् । कृष्णको पूजातिर ज्यादा ध्यान दिन्थिन् । उनलाई अरू आश्रय या अरू कुनै पक्रिने हाँगो दिइएको थिएन । यौनभाव परम पूजनीय भए तिनको आदर्श आश्रयस्थान जसलाई हामी कृष्णजी भन्छौँ सब स्त्रीजातिका परमेश्वर तथा स्वर्ग मात्र होइनन् कि सब दबाबमा रहेका अन्तरव्यापारका आच्छन्न प्रकाशनका दिव्य मार्गसमेत छन् । ज्यादाजसो ती स्त्रीहरु श्रीकृष्णतर्फ ज्यादा भक्ति गर्न प्रवृत्त रहन्छन् जसमा सामाजिक या घरेलु घटनाले तथा औद्योगिक कर्मका अभावले, आत्मप्रकाशनको बाटो सबभन्दा साङ्ग्रा रहन्छन् । निरोधक