Page:Champa.pdf/51: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कुलो श्रीकृष्ण | कुलो श्रीकृष्ण चाम्पाका निमित्त दिनदिनै फैलिंदै, भरिंदै जान लागे | ||
र तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो । त्यसउपर पनि | र तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो । त्यसउपर पनि अझ विरोधि | ||
समालोचना भयङ्कर टिप्पणी ! | समालोचना, भयङ्कर टिप्पणी ! | ||
संसारमा | संसारमा मानिसहरुलाई न राक्षस भन्नु न दैत्य । कति असहनशील | ||
हुन्छन् | हुन्छन् तिनीहरु ल । अर्काले गरेको धर्मलाई समेत हँस्सी उडाउन | ||
सक्ने यी | सक्ने यी पापिनीहरु ! | ||
श्रीकृष्णको चित्र बडो सुन्दर | श्रीकृष्णको चित्र बडो सुन्दर तवरले सिंगारेर चम्पाले आफ्नो | ||
कोठाभित्र | कोठाभित्र सजिसजाएर आफ्नो टेबिलउपर राखेकी थिइन् । दिनदिनै माला | ||
ज्यूनारको समय हुन्थ्यो, स्नानको, | गाँस्दथिन् । पोशाक लगाइदिन्थिन् । ज्यूनारको समय हुन्थ्यो, स्नानको, | ||
सुकलाको | सुकलाको, सुसारको समेत । कल्पनाले ती सब चिज कृष्णको | ||
चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित | चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित राख्दथ्थ्यो, जति चिजको | ||
अभाव चम्पाको घरेलु जीवनको | अभाव चम्पाको घरेलु जीवनको बैंसालु विकासमा उनी आफैं भित्रभित्र | ||
अनुभव गर्ने गर्थिन् । | अनुभव गर्ने गर्थिन् । | ||
उनलाई कहिले पूरा तवरले | उनलाई कहिले पूरा तवरले विस्वास लाग्दथ्यो कि ती कृष्णजी | ||
चित्रबाट सजीव भएर | चित्रबाट सजीव भएर जीवनाकार पुरुषका स्वरुपमा चट्ट टेबिलबाट उर्लेर | ||
उनका बगलमा जुनेली रात बिताउन | उनका बगलमा जुनेली रात बिताउन सक्थे । सुन्दरतम मानव, एक आदर्श | ||
मानवीय, राजसी मानवीय | मानवीय, राजसी मानवीय सब युगका स्त्रीहरुको निमित्त आवश्यकीय पाइनुमा | ||
नै धर्मको मुख्य आधार र | नै धर्मको मुख्य आधार र आदर्श बनेको छ । | ||
चुम्बन, | चुम्बन, बन्धन, आत्मसमर्पण, छातीटँसाइ, खुसखुस कुरा गराइ, | ||
टहल, शुश्रूषा, स्वामीभावना इत्यादि सब भक्तिमार्गका शाखा पनि हुन् तथा | टहल, शुश्रूषा, स्वामीभावना इत्यादि सब भक्तिमार्गका शाखा पनि हुन् तथा | ||
यौन भावमा प्रशाखा स्वरुप पनि । यस काल्पनिक नाटकीय दाम्पत्य जीवनमा | |||
चम्पालाई ठुलो | चम्पालाई ठुलो शौक बढ्दै गयो अरु तवरको सदृश आश्रयको | ||
अभावले । यो पनि एक किसिमको व्यभिचार ता जरुर थियो, बुझ्न | अभावले । यो पनि एक किसिमको व्यभिचार ता जरुर थियो, बुझ्न | ||
सक्नेहरुका निमित्त; किनकी सब सभ्य व्यभिचारजस्तो असन्तोषप्रेरित | |||
आकाङ्क्षाहरुको पूर्ति यहाँ पाइन्थ्यो । त्यस जीवन या पुरुष धनीबाट | |||
जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो तर यो धर्म | जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो । तर यो धर्म समर्थित | ||
व्यापारमा आदर्श पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना | व्यापारमा आदर्श पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना | ||
गरिएको छ भन्नु फजुल थियो । | गरिएको छ भन्नु फजुल थियो । | ||
चम्पाको, | चम्पाको, अरु नेपाली दलित अचेत या अर्द्धचेत या अर्द्धविकसित | ||
स्त्रीहरुको झैं व्यक्तित्व विकासको भर्खर आरम्भ हुने चेष्टासम्म |
Revision as of 10:55, 20 June 2025
कुलो श्रीकृष्ण चाम्पाका निमित्त दिनदिनै फैलिंदै, भरिंदै जान लागे र तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो । त्यसउपर पनि अझ विरोधि समालोचना, भयङ्कर टिप्पणी !
संसारमा मानिसहरुलाई न राक्षस भन्नु न दैत्य । कति असहनशील हुन्छन् तिनीहरु ल । अर्काले गरेको धर्मलाई समेत हँस्सी उडाउन सक्ने यी पापिनीहरु !
श्रीकृष्णको चित्र बडो सुन्दर तवरले सिंगारेर चम्पाले आफ्नो कोठाभित्र सजिसजाएर आफ्नो टेबिलउपर राखेकी थिइन् । दिनदिनै माला गाँस्दथिन् । पोशाक लगाइदिन्थिन् । ज्यूनारको समय हुन्थ्यो, स्नानको, सुकलाको, सुसारको समेत । कल्पनाले ती सब चिज कृष्णको चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित राख्दथ्थ्यो, जति चिजको अभाव चम्पाको घरेलु जीवनको बैंसालु विकासमा उनी आफैं भित्रभित्र अनुभव गर्ने गर्थिन् ।
उनलाई कहिले पूरा तवरले विस्वास लाग्दथ्यो कि ती कृष्णजी चित्रबाट सजीव भएर जीवनाकार पुरुषका स्वरुपमा चट्ट टेबिलबाट उर्लेर उनका बगलमा जुनेली रात बिताउन सक्थे । सुन्दरतम मानव, एक आदर्श मानवीय, राजसी मानवीय सब युगका स्त्रीहरुको निमित्त आवश्यकीय पाइनुमा नै धर्मको मुख्य आधार र आदर्श बनेको छ ।
चुम्बन, बन्धन, आत्मसमर्पण, छातीटँसाइ, खुसखुस कुरा गराइ, टहल, शुश्रूषा, स्वामीभावना इत्यादि सब भक्तिमार्गका शाखा पनि हुन् तथा यौन भावमा प्रशाखा स्वरुप पनि । यस काल्पनिक नाटकीय दाम्पत्य जीवनमा चम्पालाई ठुलो शौक बढ्दै गयो अरु तवरको सदृश आश्रयको अभावले । यो पनि एक किसिमको व्यभिचार ता जरुर थियो, बुझ्न सक्नेहरुका निमित्त; किनकी सब सभ्य व्यभिचारजस्तो असन्तोषप्रेरित आकाङ्क्षाहरुको पूर्ति यहाँ पाइन्थ्यो । त्यस जीवन या पुरुष धनीबाट जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो । तर यो धर्म समर्थित व्यापारमा आदर्श पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना गरिएको छ भन्नु फजुल थियो ।
चम्पाको, अरु नेपाली दलित अचेत या अर्द्धचेत या अर्द्धविकसित स्त्रीहरुको झैं व्यक्तित्व विकासको भर्खर आरम्भ हुने चेष्टासम्म